गैंडा गणनामा खटिएका एक कर्मचारीको आइतवार हात्तीको आ’क्रम’णबाट मृ’त्यु भएको छ । हात्तीका लागि घाँस का’ट्दै गर्दा बाघको आ’क्र’मणमा परी ठाकुरबाबा–९ का ३१ वर्षीय हात्तीसारका पछुवा पुलिसराम थारूको मृ’त्यु भएको प्र’हरीले जनाएको छ ।
उनी बिहान ६ देखि १२ बजेसम्म बर्दिया राष्ट्रिय निकुञ्जको गैंडा मचानतर्फ सहकर्मी अन्जय चौधरीसँगै हात्ती चढेर गैंडा गणनामा संलग्न थिए । दिउँसो निकुञ्ज मुख्यालय नजिकको हात्तीसारमा खाना खाएर दुवै पुनः वनभित्र पसेका थिए । गर्मी निकै भएका कारण चौधरी हात्तीलाई नुहाउन खोलामा पसे ।
पुलिसराम केही पर गैंडा मचान क्षेत्रमा उक्त हात्तीका लागि घाँस का’ट्न थाले । त्यही बेला उनलाई एक्कासि बा’घले आ’क्रमण गरेको हो । सहायक संरक्षण अधिकृत असिम थापाका अनुसार साँझ करिब ५ बजे घ’टना भएको हो । बा’घ र पुलिसराम कराएको सुनेर चौधरी घटनास्थल पुगे ।
बा’घले पुलिसरामलाई लतारेर कुदायो । एक्लै परेका चौधरी आत्तिए । रूख चढेर मोबाइलको नेटवर्क खोजे । निकुञ्ज मुख्यालयदेखि ७ किलोमिटर उत्तर–पश्चिममा पर्ने घ’टनास्थलबाट उनले नेटवर्क टिपेपछि फोन गरे । चौधरीको फोन आएपछि निकुञ्जको टोली र सेना तत्काल घ’टनास्थल पुगेर पुलिसरामको श’व खोजी गरेको हो,’ सहायक संरक्षण अधिकृत थापाले भने, ‘श’व बेलुकी ८ बजे भेटियो, निकुञ्ज मुख्यालय ठाकुरद्धारा ल्याइएको छ ।
हामी कसैले सोच्दै नसोचेको घ’टना भयो, सबै स्तब्ध छौं । जिल्ला अस्पताल गुलरियामा पो’स्ट’मा’र्टमपछि श’व अन्तिम संस्कारका लागि परिवारको जिम्मा लगाइने भएको छ । निकुञ्ज नजिकको गाउँमा जन्मे–हुर्केका उनी नौ वर्षदेखि हात्तीसारमा कार्यरत थिए । बा’घको आ’तंकबाट परिचित उनी अरूलाई सतर्क रहन सल्लाह दिन्थे ।
आइतवारको घ’टनापछि राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्राविधिक टोली र निकुञ्जको कर्मचारीले बेलुकी ८ बजे उक्त क्षेत्रबाट एउटा बा’घलाई नियन्त्रणमा लिएका छन् । पुलिस रामलाई आ’क्र’मण गर्ने नै हुन सक्ने शं’कामा डार्ट गरी बेहोस पारेर नियन्त्रणमा लिइएको बा’घ करिब १० वर्ष उमेरको भाले हो । उक्त बा’घलाई पनि बर्दिया निकुञ्जको मुख्यालय ठाकुरद्धारा ल्याइने प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बताए ।
दुई वर्षमा २० जना मा’रिए गत फागुन २६ मा मधुवन–३ कोठियाघाटकी २७ वर्षीया रेनुका सुनारलाई बा’घले मा’रेको थियो । त्यसको साता दिन नबित्दै बर्दिया राष्ट्रिय निकुञ्जको सानो बगौरा फाँटामा एक महिलालाई बाघले आ’क्र’मण गरी मा’रेको थियो । निउरो टिप्न गएका चार महिलामध्ये ठाकुरबाबा–७ मोहनापुरकी ६२ वर्षीया डल्ली रावत बाघको आ’क्र’मणमा मा’रि’एकी थिइन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।