राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्। लामिछाने क्यारेबियान प्रिमियर लिग (सिपिएल) खेल्न गएका छ ।
उनी आबद्ध जमैका तलावाजले नेपाली समयअनुसार बिहीबार बिहान पौने ५ बजे सेन्ट लुसियासँग खेल्दैछ। सिपिएल आगामी अक्टोबर १ सम्म चल्नेछ। सन्दीप आबद्ध जमैकाको अन्तिम लिग खेल सेप्टेम्बर २५ मा छ।
मंगलबार प्रहरी वृत्त गौशालामा उनीवि’रूद्ध जाहेरी परेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको छ। भदौ ५ गते मध्यराती काठमाडौं(९ सिनामंगलस्थित एक हो’टलमा पुर्याएर सन्दीपले आफूमाथि पटक(पटक ब’लात्कार गरेको भन्दै १७ वर्षीया ती किशोरीले गौशालामा जा’हेरी दिएकी छन्। त्यसअघि उनीहरू भक्तपुरको नगरकोट पनि पुगेको देखिएको छ।
प्रहरीले घटनाको मु’चुल्का उठाउने, प्रमाण संकलन गर्ने र बया’न लिने काम पनि अगाडि बढाएको छ। प्रहरीले काठमाडौं र नगरकोटमा बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।
बुधबार कागजी कामहरू सकाएर जिल्ला अदालत काठमाडौंबाट प’क्राउ पु’र्जी माग्ने प्रहरीको तयारी छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले प्रमाण संकलन भएपछि सन्दीपलाई लिग सकिनुअघि नै नेपाल ल्याउन प्रक्रिया थाल्ने/नथाल्ने निर्धारण हुने बताए।
‘अहिले हामीले मु’द्दा दर्ता गरेर प्रमाणहरू संकलन गरिरहेका छौं। त्यो सकेपछि कसरी अगाडि बढाउने भन्ने टुंगो लाग्छ,’ उनले भने।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले सन्दीप लामिछानेमाथि निगरानी थालिसकेको बताए। सामान्य रूपमा बोलाएर आउने सम्भावना पनि न्यून भएको उनी बताउँछन्।
नेपाल ल्याउन प्रहरीले अन्तर्राष्ट्रिय प्रहरीसँग औपचारिक/अनौपचारिक रूपमा काम गर्ने बताए।‘आरो’प पुष्टि हुने प्रमाणहरू बलियो भएमा त्यहाँको स्थानीय प्रहरीलाई अनुरोध गरेर पनि ल्याउन सक्छौं।
अर्को इन्टरपोलमार्फत् पनि प’क्राउ गर्न सक्छौं,’ उनले भने, ‘नेपालमा भएको भए प्रहरी हिरा’सतमा राखेर अनुसन्धान गर्न सकिन्थ्यो। विदेशमा भएको हुनाले कानुनी प्रक्रिया पुर्याएर जान्छौं।’ अनुसन्धान अधिकृतले अनुसन्धान गर्दै जाँदा आवश्यक परेमा इन्टरपोलमार्फत् प’क्राउ पु’र्जी जारी गर्न सकिने उनले बताए।

