नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले कडा कदम चाल्ने संकेत देखिएको छ । भण्डारीले पूर्व सुरक्षा अधिकारीहरुलाई छलफलका लागि शीतल निवासमा डाकेकी छिन् ।
नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएपछि भण्डारीको यो कदम अर्थपूर्ण रुपमा हेरिएको छ ।
राष्ट्रपति कार्यालयबाट भोलि (बिहीबार) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आईजीपीले बताए । उनले भने, ‘राष्ट्रपति ज्यूले पूर्व सुरक्षा अधिकारीहरुसँग छलफल गर्न चाहनु भएको भन्ने छ, के विषयमा भन्ने थाहा छैन ।’
खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार मंगलबार उक्त विधेयक प्रमाणीकरण भएको हो । राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै खानेपानी तथा सरसफाइ विधेयक अब ऐन बनेको छ ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति समक्ष फ्रान्स(संसदीय प्रमण्डलको शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहेका फ्रान्स(नेपाल संसदीय मैत्री समूहका सभापति डानियल सलमोन नेतृत्वको प्रमण्डले मंगलबार राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेको छ ।
उक्त भेटका अवसरमा नेपाल र फ्रान्सबीच आपसी हितका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपाल सरकारका उच्च अधिकारी र नेपालका लागि फ्रान्सका राजदूत समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

