सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड आगामी शुक्रबार (२७ चैत) हुने भएको छ। धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडका अनुसार सिंगटी हाइड्रोको आईपीओको प्रि–अलटमेन्टको काम भइरहेको छ।
‘सकभर आगामी साता मंगलबारसम्म प्रिअलटमेन्ट सकिन्छ होला’, क्यापिटलका एक अधिकारीले भने, ‘प्रिअलटमेन्ट मंगलबार सकेर आगामी साता शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने योजना बनाएका छौँ।’ कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।
जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।
क्यापिटलका मार्केट्स लिमिटेडका अनुसार यो आईपीओमा १६ लाख २४ हजार ४८३ आवेदन परेको छ। ती आवेदनबाट कुल २ अर्ब ४५ करोड १६ लाख ६६ हजार रुपैयाँबराबरको अर्थात २ करोड ४५ लाख १६ हजार ६०० कित्ता खरिदका लागि आवेदन परेको छ। यो हिसाबले यो आईपीओमा मागभन्दा ९.०९ गुणा बढी आवेदन परेको छ।
नेपाल धितोपत्र बोर्डले गत पुस २१ गते सिंगटी हाइड्रोलाई आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल ४३ लाख ५० हजार कित्ता आईपीओ निष्कासनको अनुमति दिएको थियो। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लाका बिगु र कालिन्चोक गाउँपालिका बासिन्दाका लागि गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म कुल १४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको गरेको थियो। आईपीओ कम्पनीको चुक्तापुँजीको ३० प्रतिशतबराबरको रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ।
सिंगटी हाइड्रोको आईपिओ १३ लाख बढीको हात रित्तो हुने सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपिओमा ९ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्ममा १६ लाख २४ हजार ४८३ जना आवेदकबाट २ करोड ४५ लाख १६ हजार ६०० कित्ताको लागि आवेदन परेको छ । यो माग भन्दा ९.०९ गुणा बढी हो ।
कम्पनीले चैत्र ६ गतेदेखि सर्बसाधारणको लागि एक सय रुपैयाँ अंकित दरका २९ लाख कित्ता शेयर सर्बसाधारणको लागि निष्काशन गरेको हो । जस मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ ।
बाँकि रहेको २६ लाख ९७ हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आइपिओ गोलाप्रथाबाट २ लाख ६९ हजार ७ सय जनाले मात्र पाउने छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १३ लाख बढी आवेदक हात खाली हुने छन् ।