सन्दीप लामिछानेले आफू नि’र्दोष रहेको बताएका छन् । बला’त्का रको आ’रोप लागेका लामिछाने घटना सार्वजनिक भएको केही समयपछि बोलेका हुन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले आफू नि’र्दोष रहेको र कानुनको सम्मान गरी केही दिनभित्रै देश फर्कने बताएका छन् ।
उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल) छोडेर नेपाल फर्कन लागेको जानकारी दिएका छन् । साथै आफूमाथिको आ’रोप सामना गर्न तयार रहेको उनले लेखेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) बाट बाहिरिएका छन् । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमबाट निलम्बन गरेसँगै उनले वेस्ट इन्डिजको क्रिकेट लिग गुमाएका हुन् ।
सीपीएलमा सन्दीप जमैका तलावाजमा आबद्ध थिए । सो टिमले बिहीबार सन्दीपले तत्काल लागू हुने गरी प्रतियोगिता छोडेको जनाएको छ । आजै फेसबुक स्टाटस मार्फत सन्दीपले सीपीएलबाट बिदा लिएर नेपाल आउने जनाएका थिए ।
स्रोतका अनुसार सन्दीप एक–दुई दिनभित्रै नेपाल फर्किँदैछन् । प’क्राउ पू’र्जी जारी गरिएसँगै नेपाल प्रहरीले उनीसँग संवाद गरिरहेको स्रोतको भनाइ छ ।
सन्दीप नेपाली टिमको नेतृत्व गर्दै केन्या गएका थिए । त्यहाँ पाँच म्याचको टी–२० श्रृंखला खेलिसकेर उनी सीपीएलका लागि वेस्ट इन्डिज गएका हुन् । यद्यपि, जमैका तलावाजले तीन म्याच खेलिसक्दा सन्दीपले प्लेइङ ११ मा स्थान पाएका छैनन् ।
सीपीएलका अब बाँकी खेलसँगै उनको क्रिकेट करिअरमै प्रश्न चिन्ह खडा भएको छ । अन्य केही किशोरीहरूले पनि आफूमाथि लामिछानेले दुर्ब्य’वहार गरेको भन्दै खुल्न थालेका छन्।
लामिछानले आफूमाथि यौ’न दु’र्व्यव’हार गरेको भन्दै एक बालिका बाहेक अन्यको उ’जुरी प्रहरीमा नपुगेतापनि सामाजिक सञ्जालमा उनीहरूले आफू पनि लामिछानेबाट दुर्व्य’बहारको शि’कार भएको उल्लेख गरेको स्रोतको दाबी छ ।

