ग्लोबल स्टार तथा नेपाली राष्ट्रिय क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि लागेको आरो’पपछि उनका बुवाआमा छाँगाबाट खसेजस्तै भएका छन् । लामिछानेमाथि १७ वर्षीया किशोरीले जब’रजस्ती क’रणीमा जा’हेरी दिएकी छिन् ।
तर, मंगलबार यसबारे बेखबर उनका बुवाआमा भने नियमित समयमा सुतिसकेका थिए । बुधबार बिहानमात्रै उनीहरुले छोराको खबर थाहा पाए ।
सन्दीपका बुवा चन्द्रनारायण टेलिभिजनमा समाचार हेरेर छोराको खबर थाहा पाएको बताउँछन् । यो समाचार उनीहरुको जीवनमा कुनै ठूलो पहिरोभन्दा कम थिएन ।
‘हामीले टीभीमा समाचार हेर्यौं । छाँगाबाट खसेजस्तै भएका छौं’, चन्द्रनारायणले स्त’ब्ध आवाजमा भने । सन्दीपको चालचलनबारे यसअघिसम्म कहिल्यै नराम्रो कुरा नसुनेको र नदेखेको उनी बताउँछन् ।
उनको भनाइमा एउटा छोराको रुपमा सबै कर्तव्य र जिम्मेवारी सन्दीपले निर्वाह गरिरहेका छन् । त्यसो त केही वर्षदेखि सन्दीप क्रिकेट खेल्न प्रायः देश बाहिरै हुने भएकाले छोरासँग बस्ने मौका उनीहरुले कमै पाए ।
‘हामी काठमाडौंमा बस्न नसकेर चितवन फर्कियौं । ऊ नेपालमा भएका वेला भेट हुन्थ्यो । कहिले हामी जान्थ्यौं, कहिले छोरा आउँथ्यो । उसको नराम्रो कुरा केही सुनेनौं, सधैं राम्रोमात्रै सुन्यौं’, चन्द्रनारायणले भने ।
अहिलेको घटनाका विषयमा सन्दीपले केही पनि सेयर नगरेको उनको भनाइ छ । ‘यस्तो कुरा बुवाआमालाई सुनाउने पनि भएन, अहिलेसम्म हामीलाई यो विषयमा केही पनि थाहा थिएन’, उनले भने ।
त्यसो त बाहिर आएको घटनामा उनलाई विश्वास लागिरहेको छैन । छोरालाई फ’साउन ष’ड्य’न्त्र गरिएको हो कि भन्ने उनको आशंका छ । चन्द्रनारायण भन्छन्, ‘हुन त आफ्नो छोरा सबैलाई राम्रो लाग्छ ।
तर, बन्द प्रशिक्षणमा भएको वेला यो घटना भएको भनिएकाले पत्याउन सकिरहेको छैन । बन्द प्रशिक्षणमा भएको मान्छेले कसरी त्यस्तो गर्या होला ?’
सन्दीप सन् २०१३ बाट काठमाडौंमा एक्लै बस्न थालेका हुन् । उनले काठमाडौंमा घर किनेपछि केही समय बुवाआमालाई सँगै राखेका थिए ।
तर, आफू बि’रामी परेपछि काठमाडौं बस्न नसकेको चन्द्रनारायणले बताए । बुवाआमा चितवन फर्किएपछि सन्दीपले आफ्नो बुढानिलकण्ठमा रहेको घर बेचेर हात्तीवनमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।
सन्दीपको समाचार सार्वजनिक भएपछि बुवाआमाको उनीसँग कुरा हुन पाएको छैन । वेस्ट इन्डिजमा अहिले राति भएकाले फोन नगरेको चन्द्रनारायणले बताए ।

