अभिनेत्री श्रद्धा कपुर डबल भूमिकामा देखिने भएकी छिन् । उनीे चलचित्र ‘चालबाज इन लण्डन’ मा डबल भूमिका निभाउँदै छिन् । सन् १९८९ मा रिलिज भएको ‘चालबाज’ निर्देशन गरेका निर्देशन पंकज पराशरकै निर्देशनमा यो चलचित्र बन्दै छ ।
यो चलचित्र भूषण कुमार र कृष्ण कुमारको ‘टि–सिरिज’ र अहमद खान र सायर खानको ‘पेपर डल इन्टरटेन्मेन्ट’को सहकार्यमा निर्माण हुन लागेको हो । यो चलचित्रमार्फत श्रद्धा पहिलो पटक डबल रोलमा देखिन लागेकी हुन् । यसबारे श्रद्धा भन्छिन्, “चालबाज इन लण्डनको निर्माण टिमले मलाई यस चलचित्रको लागि छनोट गर्नुभएकोमा म आफूलाई भाग्यमानी ठान्छु ।
यसमा म पहिलो पटक डबल भूमिका निभाउँदै छु । र, यो एक कलाकारको लागि अवश्य पनि चुनौतीपूर्ण हुन्छ । मेरो लागि यो ठूलो जिम्मेवारी हो । यद्यपि म यो भूमिकालाई निभाउन सक्छु भन्ने विश्वास भूषण र अहमद सरले विश्वास गरिदिनु भएकोमा म खुशी छु ।” साथै आफ्नो लागि यो एउटा राम्रो मौका हुने भन्दै यो यात्राको प्रतिक्षामा भएको पनि उल्लेख गरेकी छिन् ।