बेलायती महारानी एलिजाबेथ द्वितीयको बिहीबार ९६ वर्षको उमेरमा नि’धन भएको छ। बेलायतमा ७० वर्षसम्म शासन गरेकी उनको स्कटल्यान्डको बालमोरलमा निध’न भएको हो। उनले सन् १९५२ मा बेलायती महारानीका रूपमा राज्याभिषेक गरेकी थिइन्।
एलिजावेथ द्वितीयाको नि’धनपछि बेलायतका राजा बनेका उनका जेठा छोरा चाल्र्सले बिहीबार एक विज्ञप्ति जारी गरेर महारानीको मृ’त्युबारे जानकारी दिएका थिए।
बेलायती प्रधानमन्त्री लिज ट्रसले महारानीको मृत्यु’ले बेलायत र विश्वलाई ठुलो झड्का’ लागेको बताएकी छन्। डाउनिङ स्ट्रिटबाहिर बोल्दै उनले महारानीको नि’धनले ठुलो क्ष’ति पुगेको बताएकी छन्। उनले महारानी एलिजाबेथलाई आधुनिक बेलायत निर्माणको आधारशिला भएको बताइन्।
एलिजावेथ द्वितीयाले त्यतिबेला राजगद्दी सम्हालिन्, जतिबेला दोस्रो विश्वयु’द्धपछि विश्वभरि बेलायतको प्रभाव कम हुँदै थियो। उनी शीतयु’द्धको अन्त्य, युरोपेली संघमा बेलायतको सहभागिता र पुनः सो संघबाट बाहिरिएको परिघ’टनाकी साक्षी बनिन्।
उनको कार्यकालमा बेलायतमा १५ जना प्रधानमन्त्री बने, जसमा सन् १८७५ मा जन्मिएका विन्स्टन चर्चिलदेखि त्यसको १ सय १ वर्षपछि जन्मिएकी लिज ट्रससम्म छन्। राष्ट्रमण्डलका देशहरूको समेत राष्ट्रप्रमुख रहेकी महारानी एलिजाबेथको सम्बन्ध र सद्भाव बेलायतदेखि निकै टाढाको नेपालसँग पनि थियो।
दुईपटक नेपाल भ्रमणमा आएकी उनले गोर्खा सैनिकलाई अर्दली राख्ने आफ्नी हजुरआमाको परम्परालाई पुनः निरन्तरता दिएकी थिइन्।
सन् १९६१ मार्चमा राजा महेन्द्रको निमन्त्रणामा महारानी एलिजावेथ द्वितीया र युवराज फ्लिपले नेपालको भ्रमण गर्दा नेपालमा भर्खर पञ्चा’यती व्यवस्था सुरु भएको थियो।
राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्थ गरेर बहुदलीय व्यवस्थाको सट्टामा निर्दलीय पञ्चायती व्यवस्था लागु गरेको अवस्थामा महारानीको भ्रमणलाई पुनर्विचार गर्न बेलायत र नेपालको नि’र्दलीय व्यवस्थाको वि’रोध गर्दै भारतमा बसेका नेपालीहरूले समेत उनलाई भ्रमण नगर्न सुझाएका थिए।
तर बेलायतले राज्य–राज्यबीचको सम्बन्ध र राजनीतिक दलसँगको सम्बन्ध फरक रहेकाले राज्यसँगको सम्बन्धलाई बेवा’स्ता गर्न नमिल्ने भन्दै महारानीले नेपाल भ्रमण गरेको पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिक मामिलाका जानकार मदन भट्टराई बताउँछन्।
‘त्यतिबेला प्रतिकूल परिस्थितिमा पनि बेलायती रानीको भ्रमण हुनुले बेलायतले नेपाललाई कति महत्व दिएको थियो भन्ने पुष्टि हुन्छ,’ भट्टराईले भने।
चार दिने भ्रमणमा आएकी रानी र उनका पति युवराज फ्लिपलाई राजा महेन्द्र र रानी रत्नले स्वागत गरेका थिए। उनको पहिलोपटक नेपाल आउँदा बाघको सि’कार गर्नेदेखि विभिन्न मन्दिर तथा पर्यटकीय क्षेत्रमा भ्रमण गराइएको खबर आजको नागरिक दैनिकले विभिन्न एजेन्सीहरुको सहयोगमा लेखेको छ ।