कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको हैसियतमा पनि चीनप्रति कठोर देखिएका छन् । गठबन्धन सरकारले पछिल्लोपटक गरेको निर्णयले चीन झस्किएको छ ।
शुक्रबारको मन्त्रिपरिषद बैठकले बेलायतकी महारानी एलिजाबेथको नि’धनमा नेपालमा ३ दिन शो’क मनाउने निर्णय गरेको छ । बैठकले महारानीको सम्झनामा भदौ २५ देखि २७ गतेसम्म तीनदिन शो’क मनाउने निर्णय गरेको हो ।
यसक्रममा तीन दिनसम्म नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । राष्ट्रले शोक मनाउने भनेको त्यस अवधिमा कुनै पनि उल्लासका कार्यक्रम तथा स्वागत समारोह आयोजना नगर्ने भन्ने हो ।
संयोग हो वा नियो’जित रुपमा सरकारले शो’क मनाइरहेका बेला चीनका सभामुख (राष्ट्रिय जनकंग्रेसका अध्यक्ष) ली झान्सु भदौ २७ गते नै काठमाडौं आउँदैछन् । सरकारले एलिजाबेथको शो’क मनाउने निर्णय गर्नुभन्दा एक साताअघि नै उनको भ्रमणको कार्यक्रम टुंगो लागेको हो ।
चीनमा राष्ट्रपति सी जिनपिङपछिको तेस्रो वरियताका उच्चपदस्थ व्यक्ति हुन् ली झान्सु । उनी सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा तीनदिने भ्रमणका लागि काठमाडौं आउँदैछन् ।
तर, सरकारको लाप’रबाहीभन्दा पनि चीनविरोधी नीतिको निरन्तरताका रुपमा चिनियाँ नेता आउने दिन शो’क मनाउने निर्णय गरेको टिप्पणी परराष्ट्र मामिलाका विज्ञहरुले गरेका छन् । नत्र सरकारले चिनियाँ नेता आउने दिनको ख्याल गरेर तीन दिन शोक मनाउनैपर्ने भए पनि भदौ २४, २५ र २६ सम्म गर्न सक्ने थियो ।
भदौ २७ गते चिनियाँ सभामुखको सम्मानमा उनका समकक्षी नेपालका सभामुखले सोल्टी होटलमा ‘स्टेट डिनर’ दिने कार्यक्रम तय भइसकेको छ । शो’क र देशभर आधा झण्डा झुकाइरहेका वेला दुई देशको झण्डा फहराएर विदेशी पाहुनालाई स्वागत गर्न मिल्छ ? यो प्रश्न पनि उठेको छ ।
एकातिर सरकारले आधा झण्डा झुकाएर शो’क मनाउने अर्कोतिर राजकीय रात्रीभोज दिने कुरा नमिल्ने भन्दै जानीजानी सरकारले यस्तो निर्णय गरेको आ’रोपसमेत लागेको छ । तर, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीले भने पूर्वनिर्धारित कार्यक्रमअनुसार चिनियाँ जनकंग्रेसका अध्यक्षको स्वागत सत्कार हुने बताए ।
उनले भने, ‘उहाँको भ्रमण पूर्वनिर्धारित हो । त्यसैले स्थगित गर्ने कुरा हुन्न । शो’क मनाउने कुरा आकस्मिक घटना हो । आधा झण्डा पनि झुकाउने र उहाँको स्वागत पनि गर्ने हुन्छ । सूर्यास्तपछि शो’क मनाउने समय पनि तेस्रो दिन सकिन्छ । बाँकी निर्धारित कार्यक्रमहरु हुन्छन् भनेर बुझौं ।’
सरकारले चिनियाँ उच्चपदस्थ अधिकारीको भ्रमणकै बेला परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल भने भारत भ्रमणमा जाँदैछन् । भदौ २७ गते नै पौडेल भारतीय समकक्षी विनयमोहन क्वात्राको निमन्त्रणामा भारत जान लागेका हुन् । यसलाई पनि चिनियाँ पक्षले असहज रुपमा लिएको बताइन्छ ।
चिनियाँ उच्चपदस्थ नेता आउन लागेकै बेला भएका यी घटनाक्रमलाई संयोगमात्र मान्न नसकिने विज्ञहरु बताउँछन् । माओवादी अध्यक्ष प्रचण्डले शुक्रबारमात्रै आरजु देउवा र आफूबीच भारतीयको उपस्थितिमा दिल्लीमा ७ बुँदे सम्झौता भएको भन्ने कुरामा चीनसमेत भ्रममा परेको बताएका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा अहिले चीन विश्वका सबै देशहरुसँग थप सम्बन्ध विस्तारमा लागेको छ ।