काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भक्तपुर पुगेका छन् । आज (शनिबार) मेयर बालेन भक्तपुर पुगेका हुन् । बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् ।
बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो । बालेनका साथमा उपमेयर सुनिता डंगोल पनि थिइन । बालेन भक्तपुर नगरपालिकाको काम कार’बाहीबाट प्रभावित छन् ।
राष्ट्रप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुबाट कुमारी रथ यात्राको अवलोकन
इन्द्रजात्राका ८ दिने कार्यक्रमअन्तर्गत शुक्रबारबाट कुमारी रथ यात्रा सुरु भएको छ । यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा अवलोकनमा आएका छन् ।
यस्तै, गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति पर्यटन तथा नागरिक उड्डउन मन्त्री जीवनराम श्रेष्ठ, प्रधान सेनापति प्रभुराम शर्मा, महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीसहित विशिष्ट व्यक्तिहरु जात्रा अवलोकनमा सहभागी थिए ।
यस्तै काठमाडौँ महानगरका वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु जात्रामा सहभागी थिए । जात्रामा पुलुकिसी, मजिपाट लाखे, सवःभक्कुसहित देवी देवता गणसहित श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा भएको छ ।
यस बर्षको जात्राका सांस्कृतिक कार्यक्रमहरु भदौ १३ गते सोमबारबाट सुरु भएका हुन् । यस दिन विहान ९ बजेर १७ मिनेटको साइटमा बन प्रस्थान गरेर सोही दिन बेलुका ८ बजेर ९ मिनेटको साइतमा इन्द्रध्वजका रुपमा गाडिने रुख कटान भएको थियो ।
१९ गते आइतबार विहान ७ बजेर २४ मिनेटको साइतमा इन्द्रध्वजलाई नगर प्रवेश गराइयो । भदौ २२ गते बुधबार विहान ७ बजेर १७ मिनेटको साइतमा इन्द्रध्वज उत्थान गरिएको थियो ।
कुमारी रथ यात्रा तल्लो टोलमा रथ घुमाइँदैछ । भोलि माथिल्लो टोलमा रथ घुमाइनेछ । भदौ २९ गते नानिचा यात्रा रहेको छ । यसै दिन साँझ ७ बजेर ३३ मिनेटको साइतमा इन्द्रध्वज ढालेपछि यस बर्षको जात्रा सकिनेछ ।

