पूर्व प्रधानमन्त्रीसमते रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू संघर्षशील व्यक्ति भएको बताएका छन् । दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई आइतवार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
उनले अहिले पनि साम’न्तवादको अन्त्यका लागि संघर्षरत रहेको बताए । ‘राजनीतिमा हामीले निरं’कुशताको अन्त्य हुनुपर्छ र साम’न्तवादको अन्त्य हुनुपर्छ भन्यौँ’, उनले भने, ‘युवा भएकै बेला हामीले परिवर्तनका लागि अठोट गरेका थियौँ। त्यो अठोट अहिलेसम्म कायम छ।’
उनले दृढ अठोटले नै सफल हुन सकिने पनि बताए। ‘दृढ अठोट राख्नुस्, सफलता चुम्न आइपुग्छु, उनले भने, ‘खान नपाएर पहाडबाट चितवन बसाइँ सरेको परिवारको बच्चा हो म। दुई दुई पटक त म प्रधानमन्त्री भइसकेँ। कसरी यो सम्भव भयो, सपना हो कि वि’पना जस्तो लाग्छ।’
उनले एउटा गरिब परिवारबाट उठेर दुई पटकसम्म देशको नेतृत्व गर्न सकेकोमा आफूलाई गर्व लाग्ने पनि बताएका छन्। ‘यसमा मलाई गौरवशाली पनि ठान्छुु, उनले भने, ‘मैले कहिल्यै नभएको वि’द्रोहको पनि मैले कमान्डमा गरेँ।
सबैले अवसर पाएर पनि यस्तो गर्न सक्दैनन् तर मैले गरेँ। विस्तृत शान्ति सम्झौताबाट यु’द्धलाई शान्तिमा लैजाने काम पनि मैले गरेको थिएँ।’
‘भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा’
यस्तै, प्रचण्डले आफू र कांग्रेस नेता आरजु देउवाले भारतमा सहमति गरेको भनी चीनसमेत भ्रममा परेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले आफू र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले भारतमा समझदारी गरेको भन्नेबारे चिनियाँ अधिकारीहरुले चासो राखेको जानकारी पाएको बताए ।
‘मलाई अनौठो त्यतिबेला लाग्यो कि हाम्रो नेपाली राजदूत चीनमा जानुभएको, उहाँले मलाई यहाँ त निकै ठूलो प्रश्न उठ्यो, तपाईं र आरजु भारतीयसँग बसेर कति बुँदे सहमति गर्नुभयो रे भन्ने कुरा चीनले पनि बडो चासो राख्यो भन्दा मलाइ अनौठो लाग्यो’ उनले भने ।
उनले भारतमा आफूहरुले सहमति गरेको भन्नु झु’टो र नि’राधार भएको बताए । ‘यति झू’टो कुरा यति निराधार कुराको यति ठूलो प्रचार गरिनुबाट कहीं न कहीं प्र’तिगमन र प्रतिक्रा’न्तिकारी शक्तिहरू निकै सक्रिय छन् भन्नेबाहेक अरु केही होइन’ उनले भने ।
आफू र आफ्नो पार्टीलाई बदनाम गर्ने ष’ड्यन्त्र भएको प्रचण्डले बताए । ‘त्यो बिलकुल निराधार, बिलकुल झूटो र नि’योजित प्रचार गरियो । त्यो चाहिं हाम्रो पार्टीलाई र मलाई अनावश्यक ब’दनाम गर्ने ष’ड्य’न्त्रबाट प्रेरित कुरा हो । तयो कहिँ कतै होइन’ उनले भने ।