नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषाा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा अलमुताइरीले ५ सय २५ दिन नेपाली फुटबलको सर्भिसपछि मुख्य प्रशिक्षक छोड्ने निर्णय गरेको बताएका छन्।
साथै उनले यो समयमा हरेक खुसी र दुःखमा साथ दिने सबैलाई धन्यवाद दिएका छन्। उद्धपी उनले राजीनामाको कारण भने खुुलाएका छैनन ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो।
तर, अलमुताईरीको कार्यशैलीमा अस’न्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी वि’वादमा तानिएका थिए ।
बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिना नै एएफसी एसियन कप छनोटका लागि अलमुताईरीले टिम घोषणा गरेका थिए ।
‘भुटानसँगको हार स्वीकार्न सकेका छैनौँ’
नेपाली राष्ट्रिय यू-२० फुटबल टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले भुटानसँगको हा’र स्वीकार्न नसकेको बताएका छन् ।
बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा भुटानसँग पराजित भएपछि बोल्दै प्रशिक्षक केसीले हार स्वीकार योग्य नरहेको बताएका हुन् ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा शनिबार राति भएको खेलमा नेपालले भुटानसँग २-० गोलको हार व्यहोरेको थियो ।
‘पक्कै पनि नतिजाको हिसाबमा नेपालले भुटानसँग हा’र्नु भनेको स्वीकार्न सक्ने त होइन । हामीले पनि स्वीकार्न सकेका छैनौँ,’ प्रशिक्षक केसीले भने ।
प्रशिक्षक केसीले बहराइनको मौषममा घुलमिल हुन नसक्दा नेपाली खेलाडीले उत्कृष्ट खेल्न नसकेको बताए ।
‘बहराइन हामी एक दिन अगाडी आईपुग्यौं । हामी यहाँको टाइम, यहाँको तापक्रममा हामी घुलमिल हुन सकेको छैनौँ । जस्तो खेलाडीहरु धेरै जना बि’रामी, खेलाडीको ज्या’नमा शक्ति नै नभएको जस्तो भयो ।
हिजो हामीले साँझ ट्रेनिङ गर्यौं । त्यसले झन घाटा गर्यो,’ उनले थपे, ‘भुटानसँग हा’रेको स्वीकार पर्छ । भुटान १० दिन अगाडी आएर यहाँ घुलमिल भईरहेको छ । हामीले एउटा ट्रेनिङ सेसन समर राम्रो गर्न पाएनौं । तरपनि यो नतिजा स्वीकार योग्य छैन ।’
भुटानलाई जित दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । खेल अवधिभर नेपालले बलमा पकड जमाएको थियो । तर, काउन्टर अट्याकमा जोड दिएको भुटानले दुबै हाफमा एक एक गोल गरेको थियो ।
छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगलादेश छन्। अब नेपालले दोस्रो खेलमा सोमबार कतारसँग खेल्नेछ ।
नेपालले बिहीबार बहराइनसँग खेल्दा अन्तिम खेलमा बंगलादेशसँग अर्को हप्ताको आइतबार खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।