नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने निल’म्बनमा परेपछि देशमा तरंग पैदा भएको छ । अहिले सन्दीप कहाँ छन् केही टुंगो छैन । नेपाल क्रिकेट संघ (क्यान)लाई देशको खेल भविष्यसँग जोडिएको एक युवामाथि यसरी ब’ज्रपात हुँदा संकट परेको छ ।
एकदिवसिय विश्वकप सहभागिता र एकदिवसिय अन्तर्राष्ट्रिय मान्यताका लागि महत्त्वपूर्ण मानिएको विश्वकप लिग–२ मा नेपाल कमजोर अवस्थामा रहेको छ । नेपाल २० खेलबाट केवल १७ अंक जोडेर सहभागी ७ टोलीमध्ये छैटौँ स्थानमा छ । नेपालले विश्वकप लिग–२ मा अझै १६ खेल खेल्न बाँकी छ ।
नेपालले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा नोभेम्बर अन्त्यतिर नामिबियामा विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छ । उक्त शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहने छन् ।
गत पुसमा ज्ञानेन्द्र मल्ललाई प्रतिस्थापित गर्दै सन्दीप राष्ट्रिय टिमको कप्तान नियुक्त भएका थिए । अनु शासन विप रीत काम गरेको भन्दै क्यानले तत्कालीन कप्तान मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट हटाएको थियो । उनीहरू दुवै अहिले राष्ट्रिय टोलीमा भए पनि पुरानो जिम्मेवारीमा छैनन् ।
सन्दीपको कप्तानीमा नेपालले मिश्रित नतिजा निकालिरहेको थियो । उनी बिस्तारै परिपक्व बन्दै गइरहेका थिए । गत आधा दशकदेखि सन्दीप नेपाली क्रिकेटका एक अभिन्न पात्र थिए ।
नेपालले प्राप्त गरेका हरेक अन्तर्राष्ट्रिय सफलतामा जोडिएका छन् उनी । क्रिकेटबाट उनले जति नाम कमाएको नेपाली खेलाडी अर्को छैन । तर, व्यक्तिगत जीवनको एउटा घटनाले उनको करिअर धराशायी बन्ने खतरा पैदा भएको छ ।
नेपाल प्रहरीले प’क्राउ पू’र्जी जारी गरेसँगै क्यानले उनलाई राष्ट्रिय टिमबाट हटाउन बाध्य भयो । त्यसैले अब नेपाललाई अर्को कप्तानको खोजी गर्नुपर्ने भएको छ ।
सन्दीप निलम्बनमा परेपछि र तत्काल टोलीमा फर्कने अवस्था कम देखिएपछि नेपाली टोलीको नयाँ कप्तान को बन्नेमा बहस सुरु भएको छ । युवा खेलाडीहरूको वर्चस्व रहेको टिममा क्यानसँग कप्तानका विकल्पहरू अत्यन्त सीमित छन् ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्ल कारबाहीमा परेसँगै केही समय राष्ट्रिय टिमबाटै बाहिर भए । ओमानमा भएको टी–२० विश्वकप छनोट र यूएईमा भएको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलापछि टोलीमा पर्न छाडेका ज्ञानेन्द्रले यसै महिनाबाट कमब्याक गरेका छन् ।
नयाँ प्रशिक्षक मनोज प्रभाकर ज्ञानेन्द्रसहितका खेलाडीलाई टोलीमा समेटेर केन्या भ्रमणमा निस्किएका थिए । केन्या भ्रमणमा उनी एक दिवसीय शृखलाको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।
के अब क्यानले फेरि पछाडि फर्केर ज्ञानेन्द्रलाई नै कप्तानी सुम्पिनेछ ? धेरैले यही आशा राखेका छन् । तर, ज्ञानेन्द्रप्रति क्यानको पछिल्लो पूर्वाग्रही व्य’वहार हेर्दा यो सम्भावना कम देखिन्छ । आफैँले कार’बाही गरेर हटाएका खेलाडीलाई फेरि अध्यक्ष चतुर बहादुर चन्दले कप्तान बनाउलान् ?
ज्ञानेन्द्र स्वयम् भने फेरि कप्तानी पाएको खण्डमा जिम्मेवारी स्वीकार्न तयार देखिएका छन् । ‘मैले सधैँ भन्दै आएको छु, मैले टिमलाई जस्तो भूमिकामा आवश्यक पर्छ, योगदान दिन तयार छु,’ उनले भने, ‘तर, मैले नै पाउनुपर्छ भन्ने होइन ।’
ज्ञानेन्द्रप्रति क्यान सकारात्मक नभएको अवस्थामा दोस्रो विकल्प दीपेन्द्र सिंह ऐरी हुन् । यसअघि टिमको उपकप्तान रहेका ऐरी ज्ञानेन्द्रसँगै कार’बा हीमा परेका थिए । यद्यपि, खेलाडीको रूपमा उनले राष्ट्रिय टिमबाट आफ्नो स्थान गु’माएका छैनन् ।
ब्याटिङसँगै बलिङबाट पनि खेल जिताउन सक्ने भएकाले दीपेन्द्र अहिले नेपाली टोलीका सबैभन्दा महत्त्वपूर्ण खेलाडी मानिन्छन् । उनी टिमका सिनियर खेलाडी पनि हुन् । तर, कप्तानी दिने सवालमा उनीप्रति पनि क्यान पूर्वाग्रही नै छ ।
क्यानसँग भएको तेस्रो विकल्प भनेको हालका उपकप्तान रोहितकुमार पौडेललाई कप्तानमा उकाल्ने हो । पौडेल अहिले नेपाली टिमका सर्वोत्कृष्ट ब्याट्सम्यानका रूपमा दरिएका छन् ।
सन्दीपको अनुपस्थितिमा हालै केन्याविरुद्धको एकदिवसिय शृङ्खलामा रोहितले कप्तानी गरेका थिए । तीन खेलको उक्त श्रृंखला नेपालले क्लिन स्वीप गरेको थियो भने, रोहितको व्यक्तिगत प्रदर्शन पनि उत्कृष्ट रह्यो । यसले पूर्ण कालिन कप्तानका रूपमा उनको दाबेदारीलाई बलियो बनाएको छ ।

