नेकपा एमालेको गत महाधिवेशनमा अध्यक्ष पदमा आफूसँग प्रतिस्पर्धा गरेका भीम रावल एमाले अध्यक्ष केपी शर्मा ओलीका कतिपय गतिविधि सहन नसक्ने नेताका रुपमा परिचित छन् ।
रावलले माहाधिवेशनमा आफूसँग टक्कर लिने आँट गरेपछि ओली उनलाई उपाध्यक्ष पद दिएर मनाउन चाहान्थे तर, रावल राजी भएनन् र ओली र रावलको दूरी बढ्दै गयो ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा चुनावका लागि अछाम १ मा रावल एमालेका तर्फबाट सर्वसम्मत प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा पनि रावल सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्यसबेला रावल २४८९३ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरत स्वाँरले १७६८९ मतमात्रै पाएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रावलको १६५६७ मत एमाले उम्मेदवारले पाएका थिए भने कांग्रेस १६७२८,माओवादी केन्द्र ६७९० र नेकपा एस २७५२ मत पाएका थिए ।
सत्ता गठबन्धन एकातिर र एमाले एकातिर हुँदा रावललाई पार्टीले टिकट दिएपनि जित्न कठिन हुने यो अंक गणितले देखाएको छ ।
त्यतिमात्रै होइन उनी २०५१ र २०७० को निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
नेताहरुका अनुसार रावललाई अछामबाट टिकट दिन ओली सकारात्मक छन् । उनले रावललाई ग्रीन सिग्नल दिएका छन् । स्थानीय मतको हिसाबअनुसार एमाले कमजोर भएपनि गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने र त्यसमा उपयुक्त उम्मेदवार रावल नै हुने ओलीको बुझाइ छ । ओलीको त्यही बुझाई रावलसमक्ष समेत पुगिसकेको छ ।
को हुुन् भीम रावल ?
अछामका भीम रावल नेपाली राजनीतिका प्रभावशाली नेता हुन्। जो यसअघि गृहमन्त्री र उपप्रधानमन्त्री भइसकेका छन्। एमाले अध्यक्षको चुनावसमेत ल’डेका रावल १० औं महाधिवेशनमा ओलीसँग भारी मतान्तरले पराजित भएका थिए।
माधव नेपाल गुटका रावल अहिले एमालेमा प्रतिपक्षी नेता हुन्। जो सँधै ओलीको वि’रोध गरिरहन्छन्। माधव नेपालले पार्टी छाडेपछि त्यो गुटको नेतृत्व अहिले भीम रावलले गरिरहेका छन्।
एमालेमा माधव नेपाल गुटको नेतृत्व गरेकै कारण १० औमहाधिवेशनमा ओलीसँग भारी मतान्तरले हारेका भीम रावल यसपटकको प्रतिनिधि सभा चुनावमा अछामबाट पनि हार्न सक्ने अनुमान गरिएको छ।
सत्ता गठबन्धन मिलेको खण्डमा अछाम क्षेत्र नम्बर १ मा यसपटक रावललाई ग’म्भीर धक्का पर्न सक्ने अवस्था छ। त्यसमाथि एमालेको सरकारमा रावलले अछाममा खासै जनता खुशी पार्ने काम गर्न सकेका छैनन्।
त्यसै पनि भीम रावल पछिल्लो समय गृहजिल्लामा कमजोर हुँदै गएका छन्। सत्ता गठबन्धन बनेको खण्डमा अहिले श्रममन्त्री बनेका शेरबहादुर कुँवरको चुनाव जित्ने सम्भावना बढ्दो छ।
एमालेमा धेरै नेता कार्यकर्ता असन्तुष्ट रहेका कारण भीम रावललाई अछाममै चुनाव जित्न गाह्रो हुने स्थानीय बताउँछन्। तर, चुनाव अगाडि हुने अंकगणितमाथि धेरै चलखेल हुने भएकाले अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन।
भीम रावलको राजनीतिक यात्रा
२०३० सालदेखि प्रगतिशील विद्यार्थी राजनीतिमा संलग्न रहेका रावल २०३२ सालको विद्यार्थी आ’न्दोलनमा लागेका नेता हुन्। त्यतिबेला उनी सुरक्षा कानुन अन्तर्गत केन्द्रीय का’रागारमा ब’न्दी भएका थिए। उनले २०३५ सालमा तत्कालीन नेकपा मालेको सदस्यता प्राप्त गरे।
२०४७ सालमा नेकपा मालेका तर्फबाट मन्त्री बनेका झलनाथ खनालको राजनीतिक सल्लाहकार बने। उनी २०४८ सालमा अछामबाट चुनाव लडेर पराजित भए। २०५१ सालमा भने निर्वाचित भए।
२०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा पर्यटन राज्यमन्त्री बने। २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा पर्यटनमन्त्री बने। २०५६ सालमा अछामबाट सांसदको निर्वाचनमा पराजित भए।
२०६४ सालमा संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भए। २०६६ देखि २०६८ सालसम्म गृहमन्त्री बने। रावल २०७२ सालमा उपप्रधान तथा रक्षामन्त्री बने। २०७० सालमा अछामबाट निर्वाचित सांसद रावल २०७४ मा पनि निर्वाचित भएका थिए।
२०६२/६३ सालको जनआ’न्दो’लनमा ३५ दिन सशस्त्र प्रहरीको व्यारेकमा ब’न्दी हुन पुगे। यसरी राष्ट्रिय राजनीतिमा उदाएका रावल एमालेको उपाध्यक्ष हुँदै अध्यक्ष बन्ने दाउमा छन्। एमालेमा ओली, ईश्वर पोखरेल, सुवास नेम्वाङपछि प्रभावशाली नेताका रुपमा रावल छन्।
श्रममन्त्री कुँवर र भरत स्वाँरसँग रावलको ल’डाइँ
अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ मा २०१३ साउन ४ गते जन्मिएका उनले राजनीति शास्त्रमा विद्यावारिधी र कानुनमा स्नातक गरेका छन्।
हाल अछाम जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रावललाई फेरि निर्वाचन जित्न कठिन देखिएको छ।
नेकपा एमालेबाटै अलग भएको नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट सोही निर्वाचन क्षेत्रमा हालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर प्रतिनिधिसभा निर्वाचनका लागि अछाम–१ बाट उम्मेदवार सिफारिस भएका छन्।
त्यस्तै नेपाली कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गोविन्द शाह र तत्कालीन जिल्ला सभापति भरत स्वाँर लगायतको चुनावी आकांक्षा बढेको छ। यी दुवै उम्मेद्वार भीम रावलका अगाडि कमजोर हुन्। तर, पनि पछिल्लो समय जिल्लामा भीम रावलप्रतिको गुनासो र असन्तुष्टि बढ्दो छ।
गृह जिल्लामा भएका धेरै नेता कार्यकर्ता रावलसँग सन्तुष्ट छैनन्। खासगरेर अछामको विकास र पूर्वाधार निर्माणमा रावल ग’म्भीर नभएको आ’रोप लाग्छ। अहिले एमाले प्रतिपक्षमा खुम्चिएका बेला यो ना’रा उरा’लिएको खण्डमा रावललाई चुनौती थपिने निश्चित छ।

