स्वतन्त्र उम्मेद्वारी दिएर जितका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल पनि एक्सनमा उत्रि’एका छन् ।
पछिल्लो समय राजधानी काठमाडौँमा मेयर बालेन शाहले अ’वैध संरचना भत्का’एर चर्चा पाइरहेका बेला हमाल पनि पश्चिमबाट चर्चामा आएका छन् ।
धनगढी सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका हो । सोमबारदेखि उपमहानगरपालिकामा अवैध संरचना हटाउने अभियान थालिएको छ।
सोमबार उपमहानगरको वडा नम्बर–५ ले सडक आसपास रहेका अवै’ध संरचनामा डो’जर चलाएको छ। आज धनगढीस्थित यातायात कार्यालय रहेको सडक पेटीमा बनाइएका अवै’ध संरचनाहरू हटाउन सुरु गरिएको बताइएको छ।
वडा कार्यालयले संरचना हटाउन ७ दिने सूचना निकालेको थियो। तर, अ’टेरी गरिएपछि डो’जर चलाइएको हो। यातायात कार्यालय अगाडिको सडक पेटीमा अस्थायी खोका, छाप्रा लगायतका संरचना बनाइएका थिए।
सफल व्यवसायीको रूपमा सुदूरपश्चिममा स्थापित हमाल २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नृपबहादुर वडसँग निकै कम मतान्तरले पराजित भएका थिए।
त्यसपछि उनी केही समय विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेश संयोजक बने। गत फागुनमा उनले पार्टी त्याग गरेर पुनः चुनाव लड्ने बताएका थिए।
‘मैले व्यवसायीको रूपमा पनि थुप्रै समाजसेवा गरेँ। एउटा विन्दुमा पुगेपछि समाजले भोगिरहेको समस्या समाधान गर्न नीतिगत तहमै काम हुनुपर्छ भन्ने महसुस भयो,’ उनले आफू राजनीतिमा होमिनुको कारण सुनाए।
भ्र’ष्ट राजनीतिलाई कल्याणकारी बनाउने वाचा गरेका उनलाई यस पटक धनगढीवासीले विश्वास गरे। त्यही विश्वास र साथका कारण आफूले छोटो अवधिमै विभिन्न कार्यक्रम तथा योजनाहरू सफल बनाउन सकेको उनी बताउँछन्।

