बेलायतका राजा चाल्र्स तृतीय रसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग ‘रिसा’एको’ राजा चाल्र्स तृतीय यस्तो मुुडमा देखिएका हुन् ।
बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृ’त्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चाल्र्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो । यद्यपि, उत्तराधिकारी घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रि’साउँदै इसारा गरेका थिए ।
क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा नि’राश देखिन्थे । उनले सहयोगीलाई डेस्क खाली गरेर सामानहरु पुनः व्यवस्थित गर्न इशारा गरेका थिए ।
कागजातहरू राखेपछि राजा चाल्र्सले फेरि एक सहयोगीलाई टेबुलबाट पेन बक्स हटाउन संकेत गरेका थिए । त्यसपछि उनले एतिहासिक दस्तावेजमा हस्ताक्षर गरेका थिए ।
शुक्रबार राजा चाल्स तृतीयलाई औपचारिकरूपमा बेलाइतको नयाँ नरेश घोषणा गरिएको हो । यहाँस्थित सेन्ट जेम्स दरबारमा आयोजित विशेष समारोहमा उनलाई नवनरेश घोषणा गरिएको हो । त्यसअघि राजपरिषद्को बैठकले उनलाई नयाँ राजाका रूपमा घोषणा गर्ने निर्णय गरेको थियो ।
घोषणासभामा उपस्थित प्रधानमन्त्री लिज ट्रस, पूर्वप्रधानमन्त्री, प्रमुख पादर राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले ‘ईश्वरले राजाको रक्षा गरून्’ भन्दै नारा लगाएका थिए । गत बिहीबार महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि बेलाइतको संविधानअनुसार युवराज चाल्र्स स्वतः राजा भएका हुन् ।
शुक्रबार नै उनले राजसिंहासन सम्हाल्दै दिवङ्गत महारानीले देश र जनताका निम्ति गरेको सेवा एवम् जिम्मेवारी आफूले पनि पूर्ण इमानदारी एवम् निष्ठाका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
साथै उनले आफ्नी आमाका प्रेरणादायी पथलाई अनुशरण गर्ने दृढता पनि व्यक्त गरे । राष्ट्रका नाममा गर्नुभएको सम्बोधनमा नवनरेश चाल्र्सले “मलाई यो महान् विरासत र सार्वभौमसत्ताको कर्तव्यबारे अवगत छ, म यो गहन जिम्मेवारी इमानदारी एवम् सजगताका साथ निर्वाह गर्नेछु,” भने ।