राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीसग् भेटवार्ता गरेका छन् । आगामी मंसिर ४ गते निर्वाचन हुन गइरहेको बेला थापाको शीतल निवास इन्ट्रीलाई अर्थपूूर्ण रुपमा हेरिएको छ ।
सोमबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो । भेटका क्रममा राष्ट्रपति भण्डारी र थापाबीच समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
पछिल्लो समय बिबादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ भने राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् । नागरिकता विधेयकबारे थापाले सामाजिक संजालमार्फत कडा आप त्ति प्रकट गरिरहेका छन् ।
थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन् ।
नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समयसिमाको बन्देज बिना नै नागरिकता दिने तथा बावुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्नेलगायतको विषयलाई सम्बोधन गनुपर्नेलगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विद्येयक संसदमा फिर्ता गरेकी हुन्। सो कदमलाई रापप्रा अध्यक्ष थापाले स्वागत गरेका हुन।
‘विभे दकारी र राष्ट्रहित विपरितको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वभाविक छ,’ थापाले स्वदेश फर्केलगत्तै भनेका छन, ‘राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।’
राष्ट्रपतिले विद्येयक फिर्ता गरेको विषयलाई संघीय संसदले ह ठ गर्न नहुने भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिएका छन्।
‘अब संसदले ह ठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो। अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसदलाई दिनुपर्छ।’

