एकीकृत समाजवादीले संघ र प्रदेशसभाको चुनावमा पुग्दा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा कार्यकर्ता नै नरहने दाबी भएको छ । मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको पोखरामा उद्घाटन गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो बताएका हुन् ।
ओलीले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने बताउँदै चुनावमा ३ प्रतिशत पनि नकटाउने भविष्यवाणी गरेका छन् । ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालको पार्टीले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनु ।
अब चुनावसम्म माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै रहदैँनन् ।’ उनले नेकपा एकीकृत समाजवादी पार्टी देश बर्बाद पार्ने मध्ये एक पार्टी भएको दावी गरे ।
समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित विगतमा आफ्नो नेतृत्वको सरकारकाले विकास निर्माणको कार्यलाई द्रूतरूपमा अघि बढाएकोमा माधव नेपाल, झलनाथ खनालहरूले आफ्नै पार्टी फुटाएको आ’रोप उनको थियो ।
उनले आफूले काम गर्न नसक्ने र अरूले गरेको रिस डा’हा गर्ने प्रवृत्ति माधव नेपालमा रहेको आ’रोप लगाए । उनले भने, ‘आफ्नै एमाले नेतृत्वको सरकार ढा’ल्ने काम माधव नेपाल, झलनाथ खनालहरू पार्टी फुटाउने खेलमा लागे ।
चुनावमा के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ? कुन कामका लागि भोट दिने ? पार्टी फुटाएकाले, सरकार ढालेकाले, केका लागि भोट दिने वा प्र’तिक्रियावादीको सभामा सामेल भएर एमालेलाई गा’ली गरेबापत भोट दिने ।’
आउने निवार्चनमा एमालेले अनिर्वाय जित्नैपर्ने बताउँदै ओलीले सत्तागठबन्धनले देश बर्बा’दीतर्फ धकेलिरहेको, परराष्ट्र सम्बन्ध बि’गारेको र राष्ट्रियतामा सं’कट उत्पन्न गरिरहेको बताए ।
उनले भने, ‘यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लु’टतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।’
राष्ट्रियता बचाउने, सुशासन कायम गर्ने, विकासको अभ्यास अगाडि बढाउनका लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एमालेले जित्नैपर्ने उनको जोड थियो ।
उनले अहिले पनि एमाले ठूलो पार्टी भएको उल्लेख गर्दै उनले चुनावपछि बहुमतवाला पार्टी हुनुपर्ने बताए । सत्ता गठबन्धनले वृद्धभत्ताका लागि उमेर घटाएकोमा उनले आपत्ति जनाए ।
नेकपा एमालेबाट अलग्गिएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेका थिए । तर, अध्यक्ष ओलीले नेकपा एसलाई हालसम्म पार्टी मानेका छैनन् । उनी माधव नेपालप्रति आ‘क्रोशित बनेका छन् ।

