चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु भ्रमणमा सुरक्षालाई व्यवस्थित गर्न सरकारले कडाई गर्दा कतिपय अत्यावश्यक काममा बाधा परेको छ । राजधानी काठमाण्डौंको जनजिवन अस्तब्यस्त भएकै बेला ट्राफिकले सर्वसाधारण मात्र नभई विरामी बोकेका एम्बुलेन्ससमेतलाई रोकेको छ ।
फिल्म निर्देशक तथा कलाकार निश्चल बस्नेतले फेसबुक मार्फत त्यसबारे आक्रोश ब्यक्त गरेका छन्। ‘कसैले ती भीआईपीलाई सुनाइदिनु ।
तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छ’टपटाइरहेको ज्या’न समेत दाउमा राखेका छन्’ उनले लेखेका छन्, ‘जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्या’नभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’
चिनियाँ टोलीको भ्रमणका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा सर्वसाधारणले सास्ती पाएका छन्। मंगलबार बेलुकासम्मै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ।
भ्रमणका कारण सोमबार अपरान्हदेखि नै अस्तव्यस्त बनेको काठमाडौंको सवारी व्यवस्थापन मंगलबार झन् भ’द्रगोल भएको हो । सोमबार दिउँसोदेखि बानेश्वर–कालीमाटी सडक पटक पटक बन्द गरिएको थियो । जसको असर स्वरुप रत्नपार्क क्षेत्रको यातायात पनि प्रभावित भएको थियो ।
भीआईपी सुरक्षाको लागि भनेर काठमाडौंको सडक खाली गर्दा दु’ख पाएको भन्दै सर्वसाधरण आ’क्रोशित बनेका छन् ।
चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु चारदिने भ्रमणको लागि काठमाडौंमा छन् । सभामुख अग्नि सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका ली साढे सोमबार ३ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।
चिनियाँ विशेष विमानबाट ६७ जनाको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा आएका लीलाई सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए ।
भ्रमणको तेस्रो दिन बुधबार उनले बिहान भक्तपुर भ्रमण गर्नेछन् । त्यसपछि सोही दिन अपरान्ह ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर संसद भवनमा समकक्षी सापकोटासँग दोस्रो भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि बिहीबार बिहान चिनियाँ जनकंग्रेस अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

