रोल्पाको रुण्टीगढी गाउँपालिका अन्तर्गत होलेरी बजारदेखि करिब ३ किलोमिटर पुर्व जस्पुर गाउँ छ। त्यहाँ फरक क्षमताका ४१ वर्षीय कुल बहादुर डाँगी बस्छन् ।कुल बहादुरमा केही ज’न्मजात स’मस्या छ- बोल्नलाई जिब्रो चल्दैन । हिँड्नलाई दुबै खुट्टा पनि चल्दैनन् ।
हातको इसाराले कुराकानी गर्छन् । घ’स्रेर हिँड्डुल गर्छन् ।करिब ५ वर्षअघिदेखि कुल बहादुरले वास्तुकलाका विभिन्न नमूनाका साथै हस्तकलाका सामग्री निर्माण गर्दै आएका छन् । उनी बाँसबाटै विभिन्न किसिमका सुन्दर घरहरु, मन्दिरहरु, हवाईजहाँज, मानिस, चराहरु लगायतका कला-कृतिहरु निर्माण गर्न सक्छन् ।
शारीरिक रूपमा अ’शक्त भए पनि उनीसँग सुन्दर कला छ । परिवारमा वृद्ध बुबाआमा र ३ भाइहरु छन् । कुल बहादुर बुबाआमासँगै बस्छन् ।बुबाको पनि केही वर्षअघिदेखि दायाँ खुट्टामा स’मस्या देखिएपछि हि’ड्डुल गर्न गाह्राे छ । छोराको यो पेशालाई प्रचारप्रसार गर्न सके रो’जिरोटी चलाउन सजिलो हुने कुल बहादुरका वृद्ध बुबा इन्द्र बहादुर डागीको आशा रहेको छ ।
उनले भने, ‘पहिले-पहिले छोराको यस्तो शा’रीरिक अवस्था देख्दा चि’न्ता लागेर आउथ्यो । तर पछि यस्तो कला देखेपछि निकै खुसी हुँदै गएँ ।तर प्रचारप्रसार गर्न सकिएन ।’ ‘तयार गरिएका सामग्री बेच्न नसक्दा दु:ख लाग्छ,’ उनले थपे, ‘म बुढो भइसकेँ ।अरु केही गर्न नसके पनि छोराको सीपलाई व्यावसायिक बनाउन सके उसले आफ्नो जिबिका चलाउथ्यो कि भन्ने एउटै आशा छ ।
’कुल बहादुरको कला र क्षमताको प्रो’त्साहन गर्न सके उनले केही प्रगति गर्न सक्छन् । यसै उद्देश्यले उनकाे पेशालाई व्यावसायिक बनाउन रु’ण्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढासामु अनुराेध पुगेकाे थियाे । स्थानीय सरकारले यो कलालाई व्यावसायिक बनाइदिन सहयोग गर्ने बताएको पनि एक वर्ष बि’तिसकेको छ । तर डाँगीको कलालाई व्यावसायिक बनाउन अहिलेसम्म पनि कसैले सहयोग भने गरेका छैनन् ।न्युज २४