स्विडेनकी प्रधानमन्त्री म्याग्दालेना एन्डरसनले राजीनामा दिएकी छिन् । उनले एन्डरसनको दल सम्मिलित सेन्टर–लेफ्ट गठबन्धन दक्षिणपन्थी पार्टीहरूसँग न्यून मतान्तरमा पराजित भएसँगै उनले राजीनामा घोषणा गरेकी हुन् ।
स्विडेनमा मतगणनाको अन्तिम नतिजा आइसकेको छैन । एक पटक गणना सकिएपछि पनि पुनः गर्ने स्विडेनको परम्परा छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एन्डरसनले चुनावी परिणाम स्वीकार गरिन् ।
अब स्विडेनमा नरमपन्थी दलका नेता उल्फ क्रिस्टर्सनले सरकार बनाउने सम्भावना बढेको छ । क्रिस्टर्सनले सरकार गठनका लागि आफूले पहलकदमी लिने बताएका छन् । ‘स्थिर सरकारका निम्ति सक्दो प्रयास गर्न म तयार छु,’ उनले भने ।
यो पनि पढ्नुुहोस्ः मोदी र पुटिनबीच भेटवार्ता हुने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन वैठकमा दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ। वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ।
भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान – आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो।
यस वर्षको एससीओ शिखर सम्मेलन सेप्टेम्बर १५–१६ मा उज्वेकिस्तानको समरकन्दमा हुने तय भएको छ। दुई नेताबीच रुसी मल, द्विपक्षीय खाद्य आपूर्ति, भारतीय बजारलगायतका विषयमा छलफल हुने भएको छ।
रुस र भारतबीचको व्यापार कारोबार सन् २०२२ को पहिलो ६ महिनामा ११ दशमलब ५ अर्ब डलर पुगेको छ, जुन वार्षिक रूपमा लगभग १२० प्रतिशतले बढी हो।