क्रिकेटर सन्दीप लामिछानेलाई गायक शिव परियारले जसरी साथ दिएका थिए त्यसरी नै अर्का चर्चित गायक पनि पक्षमा उभिएका छन् ।
गायक प्रमोद खरेलले शिव परियारझैँ पीडि’तलाई ‘आरोप लगाएका छैनन्। तर प’क्राउ आदेश जारी भएपछि पनि नेपाल बाहिर लुके’का सन्दीपको पक्षमा देखियो।
उनले ‘देशको झन्डा छातीमा बोकेको मान्छेलाई हो-हल्ला नगरी आवश्यक कानुनी प्रक्रियामा जाँदा कसको के बिग्रन्छ ? लेखेका छन्।
सन्दीपबारे भइरहेको बहसप्रति असहमत र सन्दीपप्रति सहानुभूति राखेको धारणा सञ्जालमा राखे लगत्तै आ’रोपीको समर्थन गरेको भन्दै उनी आलोचनाको घेरामा परेका छन्।
परियारले जस्तै उनले पनि विवादपछि ट्विट डिलेट गरे। तर स्क्रिनसट त घुमिराछ सञ्जालमा आलोचना बोकेर।
प्रमोद लेख्छन्, ‘मानौं ऊ अन्तर्राष्ट्रिय आ’तंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दो’षी भए ।’
देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जानुपर्ने उनको सुझाव छ ।
यसैबीच, हास्य कलाकार सन्तोष पन्त ब’लात्कार आ’रोपी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको पक्षमा उत्रिएका थिए ।
उनले लामिछानेबारे सहानुभूती राखेर पी’डित किशोरीमाथि अनेक ला’ञ्चना लगाएका छन् । सहमतिमा सबै सम्बन्ध अघि बढाएपछि कसैको उक्सा’हटमा किशोरीले ब’लात्का र आ’रोपमा उ’जुरी दिएको तर्क पन्तको छ ।
सहमतिमै नगरकोट घुम्न गएको र फर्किएर होटलमा बसेको विषयमा बला’त्कार आ’रोप लगाउँदा राष्ट्रकै बेइ’ज्जत भएको उनले बताए । उनले केही दिनअघि नवलपुर जिल्ला अदालतले यस्तै प्रकृतिको मु’द्धामा अभिनेता पल साहविरुरु’द्ध गरेको फैसलालाई समेत संकेत गरेका छन् ।
पललाई जब’र्जस्ती कर’णीमा परेकी किशोरीलाई १० लाख रुपैयाँ क्ष’तिपूर्ति दिन अदालतले आदेश दिएको विषयलाई संकेत गर्दै उनले भनेका छन्, ‘जाने सबै गर्ने अनि कुन चाहिंले उ’क्साइदियो चाहे त्यो १० लाखको कुराले गर्दा उक्सा’इदिएको हो कि ?’, पन्तले भनेका छन् ।
पलसँग भन्दा लामिछानेसँग धेरै पैसा भएको थाहा पाएर किशोरीले उनीबाट करौडौं रुपैयाँ धुत्न फ’साएको हुन सक्ने आ’रोप पनि पन्तले लगाए । पन्तले बोलेको उक्त भिडियो सामाजिक सञ्जलमा भाइरल भएको छ ।
‘यो सेन्सिेटिभ कुरा हो । यसलाई यति हल्का रुपम लिनुहुन्न । उनले (सन्दीप) ले नाकालिकालाई लिएर गए । बानालिका पहिला नगरकोटा किन गा ? नगरकोटबाट आएपछि गौशालाको होटलमा किन गा ?
रातभरि किन बस्या ? अनि भोलिपल्ट जाँदाखेरि रिसेप्सनमै भन्न सक्दैन यो मान्छेले मलाई यस्तो ग¥यो भन्न सक्दैन ? वेटरलाई भन्न सक्दैन ? गार्डलाई भन्न सक्दैन ?’, उनले पी’डित युवतीमाथि प्रश्नै प्रश्न गरेका छन् ।