युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबारे नमिठो खबर आएको छ । उनी सवार गाडी दु’र्घटनामा परेको छ । जेलेन्स्की सवार मोटरकेड किभ हुँदै जाने क्रममा दुर्घ’टनामा परेको हो ।
दुर्घटनामा राष्ट्रपति जेलेन्स्की सामान्य घाइते भएका उनका प्रवक्ताले बिहीबार जानकारी दिए । ‘कीभमा एक यात्रुवाहक कार युक्रेनका राष्ट्रपति सवार कार र उनलाई पछ्याइरहेका गाडीहरूसँग ठो’क्कियो’, प्रवक्ता सर्गी निकिफोरोभल भनेका छन् ।
‘राष्ट्रपतिसँगै आएका चिकित्सकहरूले यात्रुवाहक कारका चालकलाई आप’तकालीन सहायता दिए र उनलाई एम्बुलेन्समा स्थानान्तरण गरे’, प्रवक्ताले जारी गरेको फेसबुक पोस्टमा उल्लेख छ ।
जेलेन्स्कीको जाँच गरिएको र ग’म्भीर चो’ट नलागेको बताइएको छ । दु’र्घटनाबारे अनुसन्धान अधिकारीले छा’नविन गर्ने प्राप्त विवरणमा जनाइएको छ ।
यो पनि पढ्नुुहोस्ः श्रीलङ्काले आगामी वर्ष कृषिमा आधुनिकीकरण सुरु गर्ने
श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमासिङ्घेले श्रीलङ्काले सन् २०२३ देखि कृषिको आधुनिकीकरण शुरु गर्ने बताएका छन्।
विक्रमासिङघेले खाद्य सुरक्षा र पोषण सुनिश्चित गर्न बहुक्षेत्र संयुक्त समितिको बैठकमा बुधबार उक्त कुरा बताएका हुन्।
कृषिको आधुनिकीकरणमार्फत उत्पादन र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी कृषिले विदेशी मुद्रा आर्जन गर्न सक्ने उनको भनाइ थियो।
उनले भने, ‘सन् २०२३ को अन्त्यसम्ममा हामीले आधुनिकीकरण कार्यक्रमलाई तीव्र गतिमा अघि बढाउनुपर्छ। हामीले कृषिबाट विदेशी मुद्रा आर्जन गर्नुपर्छ।’
‘सन् २०५० सम्ममा हाम्रो जनसङ्ख्या दुई करोड ५० लाख पुग्नेछ। हामीले कृषिलाई आधुनिकीकरण गर्न सकेनौं भने खाद्य समस्या पेचिलो बन्नसक्छ।’
विक्रमासिङ्घेले श्रीलङ्कामा मात्र नभई विश्वव्यापी रूपमा बढ्दो जनसङ्ख्याले धेरै अवसरहरू प्रस्तुत गरेको बताए।