काठमाडौं महानगरपालिकाले हराइरहेको खोला भेटेको छ । स्वतन्त्र मेयर बालेन शाहको नेतृत्वमा रहेको महानरले पछिल्लो समय उनकै योजनामा काम गरिरहेको छ । यकीक्रममा हात्तीसारस्थित जय नेपाल हलको कम्पाउण्ड खोतल्दा टुकुचा खोला फेला पारेको हो।
महानगरपालिकाको टोलीले जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला खोज्न उत्खनन गर्दा खोला भेटिएको हो । खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला परेको हो ।
नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गा’यब थियो ।
महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अ’तिक्रमण हटाउन निर्देशन दिएको थियो ।
३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अति’क्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ । महानगरले पछिल्लो समय अन’धिकृत संरचनामाथि डोजर पनि चलाइरहेको छ।
काठमाडौँको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने टुकुचा (इच्छुमती) खोलाको करिब पाँच सय मिटर खण्ड नक्साबाटै गा’यब भएको थियो ।
काठमाडौँ प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गा’यब भएको रहेकोमा सो खोला बल्ल पत्ता लागेको हो ।
खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिको नाममा दर्ता गरिएको छ । जग्गामा ६ तलेभन्दा अग्ला भवन बनेका छन् । सबै व्यापारिक प्रयोजनमा प्रयोग भएका छन् ।

