नेकपा एमालेले आफ्नो कार्यक्रमका लागि विद्यालय बन्द गराएको छ । एमाले सिरहाले चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आमसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको हो ।
उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । विद्यालयको पठनपाठन बन्द गराएर एमालेले आमसभा आयोजना गरेको हो ।
लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता–कार्यकर्तालाई आज अध्यक्ष ओलीले पार्टी प्रवेश गराए ।
एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जसपा, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतबाट सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरे ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव तथा मधेस प्रदेश ईन्चार्ज रघुवीर महासेठ, सह–ईन्चार्जद्वय लीलानाथ श्रेष्ठ र ज्वाला साह लगायतका नेताहरु सहभागी थिए ।
हेलिकप्टरबाट आए ओली
एमाले अध्यक्ष ओली आमसभा तथा पार्टी प्रवेश कार्यक्रमका लागि सिरहाको चोहर्वा गएका हुुन् । हेलिकाप्टरबाट अध्यक्ष ओली र केन्द्रीय नेता तथा पूर्वमन्त्री प्रभु साह चोहर्वा आएका हुन् । उनीहरुलाई एमाले मधेस प्रदेशका सह–ईन्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ लगायतका नेताहरु स्वागत गरे ।
यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने एमालेको आमसभाका लागि शुक्रबार सिराहाको चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालय बन्द गरिएपछि बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले बालअधिकारको उल्लं”घन भएको प्रतिक्रिया दिएको छ ।
ओली सहभागी हुने आमसभा विद्यालय परिसरमा आयोजना गरिएको थियो । सिजप अध्यक्ष राजेश शर्मा र महासचिब मीना शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि राजनीतिक दलको कार्यक्रम विद्यालय परिसरमा गर्नु बालबालिका ऐनको उल्लं”घन भएको बताएका छन् ।
निर्वाचन आचारसंहिताले पनि विद्यालयमा राजनीतिक कार्यक्रम गर्न प्रति”बन्ध लगाएको तर्फ पनि सिजपले एमालेको ध्यानाकर्षण गराएको छ । सिजले आगामी दिनमा यस्ता गतिविध नगर्नसमेत आग्रह गरेको छ ।


