संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा नेकपा (एमाले)ले वाकाथन सम्पन्न गरेको छ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ‘संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा’का साथ पदयात्रा गरिएको हो ।
वाकाथनलाई एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले देशलाई ओरालो गतिमा लगेको आ’ रोप लगाएका छन् ।
अध्यक्ष ओलीले अहिले देश अप्ठ्यारो स्थितिबाट ओरालो लागिरहेको बताए । उनले गठबन्धनले ओरालो गतिमा लगेको देशलाई रोकेर देशलाई अघि बढाउन राजनीतिक, लोकतान्त्रिक अभ्यास, संविधान कार्यान्वयन, शान्ति सुव्यवस्था, भ्र’ष्टाचार नियन्त्रण, सुशासन, चौतर्फी विकासको अभ्यासको अभियानलाई अघि बढाउने हिसाबले सशक्त ढङ्गले अघि बढ्ने बताए ।
यस्तै, ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने बताए । ओलीले भने, ‘यो सरकारी नभएर राष्ट्रिय दिवसको रूपमा मनाइनुपर्दछ । यो आजसम्म हुन सकेको थिएन हामीले यसको सुरुवात गरेका छौं ।’
ओलीले कैयौं संघर्ष र ब”लिदानबाट प्राप्त संविधानको रक्षा र कार्यान्वयन गर्ने सन्दर्भमा वि”द्वेष र तनावको विषय बनाउने कुचे ष्टा भएको सम्झिए ।
‘नेपाललाई द्व”न्द्वमा फसा”उने र लोकतान्त्रिक बाटोमा जान नदिने कुचेष्टा भए । ती सबैलाई पराजित गरेर हामीले देशलाई लोकतन्त्रको बाटोमा हिँडायौं’, ओलीले भने ।
अहिले गठबन्धनले देशलाई ओरालो लगाइरहेको उनको टिप्पणी छ । लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा ओलीले जोड दिए ।
लोकतन्त्र, राष्ट्रियताको पक्षमा लाग्न आव्हान गर्दै ओलीले भने, ”देश विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनीहरूमा मेरो अनुरोध लोकतन्त्र, राष्ट्रियताको पक्षमा, नेपालको सम्पूर्ण भूभाग हाम्रो हो, राष्ट्रिय अखण्डताको पक्षमा लाग्न आग्रह गर्छु ।’
अध्यक्ष ओलीले लोकतन्त्र नेपाली जनताको शासन भएकाले बाह्य हस्त”क्षेप स्वीकार्य नहुने बताए । उनले भने ‘नेपाल नेपालीको हो । नेपाल अरु कसैले चलाउने होइन । लोकतन्त्र नेपालको शासन हो । नेपाली जनताको शासन हो । नेपाली जनता, लोकतन्त्र हार्न हुँदैन, विकास हार्न हुँदैन, सुशासनको प्रयास हार्न हुँदैन ।’
पदयात्राको उपस्थिति र उत्साहले संविधान, राष्ट्रियता र लोकतन्त्र र देशलाई सही बाटोमा अघि बढाउने संकल्प देखिएको भन्दै उनले धन्यवादसमेत दिए ।

