नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रानी पोखरी र धरहरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नबनाएको बताएका छन् । ओलीले पुनःनिर्माणलाई आफ्नो सरकारले गरेको ठूलो कामको रुपमा व्याख्या गर्दै आएको खनालले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै नेता खनालले भने, ‘सरकारले पाँच वर्षे कार्यकालमा ठूलै काम गर्छ होला भन्ने सोचेको थिए । तर, केही गर्न सकेन ।
केपी शर्मा ओलीको सरकारले सम्झिने खालको के काम गर्यो ? नेपाली जनताले सम्झिने कुन काम गर्नुभयो ? धरहरा बनाए, रानी पोखरी बनाए भन्ने हो ? यो भन्दा लाजम”र्दो दाबी के हुन्छ ? त्यो त पुनःनिर्माण मात्र हो ।’
रानी पोखरी र धरहरा बनाए भन्ने ओलीलाई झलनाथले रानी पोखरी र धरहरा कसले बनाएका हुन् भनेर समेत सम्झाएका थिए । खनालले भने, ‘रानी पोखरी त प्रताव मल्लले बनाएका हुन् ।
धरहरा भीमसेन थापाले बनाएका हुन् । मर्मत गर्नेको नाम अगाडि आउँछ कि प्रस्तावना बनाउनेको आउछ ? यो त सबैलाई थाहा हुन्छ नि ।’
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले ओलीको अ”संवैधानिक कदमकै कारण संसदले पाँच वर्षको अवधिमा अपेक्षाकृत काम गर्न नसकेको बताए ।
त्यसैगरी, संसद वि’घटन जस्तो ग म्भीर अ’परा ‘धका कारण सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्प्णी गरे ।
खनालले मंसिर ४ को चुनावी परिणामले ओलीको दिमाग खोल्ने पनि बताए। खनालले सर्वोच्च अदालतले दुईरदुई पटक असं’वैधानिक भएको भने पनि एमाले अध्यक्ष ओलीलाई चेत नआएको बताए ।
‘अदालतले दुई/दुई पटक संसद् वि’घटन हो भनेर भन्दा पनि दिमाग खुलेको देखिँदैन । दिमाग के ले खुल्छ आउने चुनावले खोल्ने हो ? आउने चुनावले हेरौं न दिमाग खुल्छ कि ?
‘हामीले जुन हिसाबले चलाउनु पर्ने थियो । त्यसरी यो पाँच वर्ष पार हुन सकेन । मलाई घेरा’उ गरियो काम गर्न दिएन । कसले दिएन ?
सरकारले चार/चार वटा नीति तथा कार्यक्रम पारित हुँदा पनि कसले अ’वरोध गर्यो ? खनालले भने । उनले केपी शर्मा ओली नेतृत्वपछिको सरकार कसको हो भन्ने विषयमा आफू अन्योलमा रहेको बताए ।
‘पार्टीको सरकार थियो कि व्यक्तिको सरकार थियो ? त्यो अहिलेसम्म बुझेकै छैन । त्यस समयमा बनेको सरकार खड्गप्रसाद ओलीको सरकार हो कि त्यस समयका पार्टीहरुको सरकार थियो ?
प्रचण्ड कमरेडलाई पक्कै पनि थाहा छ उहाँले एक पक्षको नेतृत्व गर्नुभएको थियो । त्यस समयमा नेकपा एमालेको तर्फबाट पार्टीलाई केही थाहा पत्तै भएन ।
सल्लाह नै भएन जानकारी पनि भएन’ उनले भने,’मर्निङ सो द डे भनिन्छ त्यसैले मलाई त्यसै दिन शं’का लागेको थियो यो सरकार अब कसरी चल्ने हो भनेर । यो कति दिन वा कति महिना चल्ने हो भनेर । ४१ महिना चल्यो र संविधानले दिएको आ’यु ५ वर्षको थियो । ४१ महिना पुग्दा नपुग्दै सरकार ढ’लपल-ढलपल भयो । कसले हल्ला’एको होइन ।’
उनले तत्कालीन प्रतिपक्षी दल एमाले नभई आफैंले ढालेको बताए । ‘संसद्भित्र सरकारका लागि प्रतिपक्ष हो, विपक्षी दलको संसद्मा अ’फ्ठ्यारो पार्ने गर्छ तर त्यस समयमा प्रतिपक्ष दल कानमा तेल हालेर बसेको थियो । कसैले अव’रोध र असहयोग गरेको होइन,’ उनले भने ।

