राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ५ घण्टामात्रै बाँकी छँदापनि उनले अब के गर्ने भन्ने प्रष्ट भएको छैन । अहिले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेका छन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले भण्डारी छलफलमै रहेको बताए । संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन राष्ट्रपति भने छलफल गरिरहेका हुन् ।
नागरिकता ऐन संशोधन विधेयक संसदका दुवै सदनले पारित गरी प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको आज १५ दिन भएको छ । संवैधानिक प्रावधान अनुसार राष्ट्रपति भण्डारीले आज रातिसम्ममा उक्त विधेयकलाई प्रमाणिकरण गर्नुपर्ने हुन्छ ।
यही प्रमाणीकरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको मगलबारको सुनुवाइ भने स्थगित भएको छ। संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै परेको रिटमाथि सु’नुवाइ गर्न मंगलबार पेसी चढाइएकोमा रोकिएको हो ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा नागरिकता विधेयक प्रमाणीकरण गर्नबाट रोक्न आदेश जारी हुनुपर्ने माग राखेका छन्। सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको इज’लासमा पे’सी चढेको भए पनि ‘हेर्न नमिल्ने’ कारण देखाएर मंगलबार स्थगित गरिएको सुनु’वाइ बुधबार हुने भएको छ।
न्यायाधीश शर्मा र व’कालतनामा वरिष्ठ अधिवक्ता रमेश बडालको नाम रहेको र उनीहरू पहिला एउटै ल फर्ममा काम गरेको कारण देखाएर उक्त रि’टमाथिको मंगलबार हुने भनिएको सु’नुवाइ ‘हेर्न नमिल्ने’मा परेको हो।
अधिवक्ता भण्डारीले निवेदनमा राष्ट्रपति कार्यालयसहित प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र गृहमन्त्रीलाई विपक्षी बनाएका छन्।
गत २० भदौमा संघीय संसदका दुवै सदनबाट पारित गरेर नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको छ। तर राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रमाणीकरण गरेकी छैनन्।
यसैबीच, नागरिकता विधेकयका सम्बन्धमा मंगलबार राष्ट्रपति कार्यालयले सूचना जारी गर्ने तयारी गरेको स्रोतले जानकारी दियो।

