निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा ज’रिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।
उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रुपैयाँ जरि’वाना लिनु लु’ट भएको टिप्पणी गरेका छन् । हर्कले फेसबुकमा स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।
‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार ज’रिवाना गर्नु भनेको लु’ट्नु हो’, उनले लेखेका छन्, ‘मेरो पूरा खर्च नै २ लाख नि थिएन जरि’वाना चाहिँ त्यति धेरै !’
‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार ज’रिवाना गर्नु भनेको लु’ट्नु हो ! मेरो पूरा खर्च नै २ लाख नि थिएन ज’रिवाना चाहिँ त्यति धेरै !’उनले लेखेका छन् ।
यता, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले आयोगको सूचना हेरेर अचम्भित बनेको बताएकी छिन् । ‘पहिले–पहिले पनि निर्वाचन धेरै आए र गए, तर यस्तो जरी’वाना सुनिएको थिएन,’ उनले भनिन्, ‘आयोगले गर्न खोजेको के हो बुझ्न सकिएन ।’
उनले तोकिएको जरि’वाना रकम अस्वभाविक रहेको उल्लेख गरिन् । निर्वाचन खर्चको सीमाभन्दा पनि बढी जरि’वाना तोकिनु हास्यास्पद रहेको उनको भनाइ छ ।
दाहालले भनिन्, ‘ढिलो बुझाएकै आधारमा साढे सात लाखसम्म जरी’वाना लगाउने कुरा न्या’योचित छैन । यो एकदमै गलत हो । यस विषयमा निर्वाचन आयोगलाई प्रश्न गर्नुपर्छ भन्ने लागेको छ ।’ उनले चुनावपछिको कामको चटारोले केही दिन खर्च विवरण बुझाउन ढिलाइ भएको उल्लेख गरिन् ।
‘बुझाउँदै नबुझाएको त होइन नि, केही ढिलाइ भएको मात्रै हो,’ उनले भनिन्, ‘कामको प्रे’सरले गर्दा पनि त्यतातिर ख्याल भएन । तर, दुईचार दिन ढिला भयो भनेर यत्रो ज’रीवाना गर्न खोज्नु अन्या’यपूर्ण छ ।’
ज’रिवाना गर्ने नै भए त्यो ‘सांकेतिक’ हुनपर्ने उनले बताइन् । ‘केही दिन ढिलाइ गरेकोमा सांकेतिकरुपमा थोरै रकम तोकिएको भए केही थिएन । तर, यत्रो रकम जनप्रतिनिधले कहाँबाट ल्याउने ? भ्र’ष्टाचार गर, क’मिसन खाउ, भन्न खोजिएको हो ?’

