पछिल्लो समय नेपालमा वायु प्रदुषण दैनिक रुपमा बढ्दै गएको छ । विशेष गरी काठमाडौंमा वायु प्रदुषणले बढी प्रभाव पारेको छ । वायु प्रदुषणले गर्दा मानिसको जनजीवन कष्टकर बन्दै गइरहेको छ । वायु प्रदुषणको कारण मानव स्वास्थ्यमा विभिन्न समस्याहरु आउने गर्दछ ।
तसर्थ यस्ता समस्याबाट बच्नको लागि आयुर्वेदिक वस्तुहरु प्रयोग गर्न सकिने विशेषज्ञहरुले बताएका छन् । जुन यसप्रकार रहेका छन् : बेसार- आधा चम्चा बेसारको धुलोमा एक चम्चा घ्यू वा मह मिसाएर बिहान बेलुका खाली पेटमा खाँदा पनि शरीर स्वस्थ हुन्छ । यसले शरीरमा भएका प्रदूषणलाई सफा गर्नमा सहयोग गर्छ ।
घ्यु- घ्यु वायु प्रदुषणको समस्याबाट बच्नको लागि उपयोगी हुन्छ । बिहान नाकमा गाईको घ्यू दुई थोपा राख्नाले प्रदूषित कणहरू सफा हुन्छन् । दैनिक दुईदेखि तीन चम्चा घरमै बनाएको घ्यू सेवन गर्नु पनि फाइदाजनक हुन्छ । यसले सिसा र पारो जस्ता धातुको विषाक्त प्रभावलाई गायब गर्न सहयोग गर्छ ।
तुलसी- घरको आँगन वा घर वरिपरि तुलसी रोप्नु धार्मिक रुपमा मात्रै नभइ स्वास्थ्यका दृष्टिले पनि उपयोगी हुने विशेषज्ञहरु भनाइ रहेको छ । प्रत्येक घरमा तुलसी रोपेर पनि धुवाँधूलो नियन्त्रण गर्न सकिन्छ । यसबाहेक दैनिक १०–१५ मिलिलिटर तुलसी पत्ताको रस पिउन सके त्यसले श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउँछ ।
निम- निमको पातलाई पानीमा उमालेर उक्त पानीले छाला धोए धुवाँ धूलोजन्य संक्रमणबाट बच्न सकिन्छ । यसले छालामा भएको धूलोका कण सफा पार्छ । हप्तामा कम्तीमा दुई देखि तीन पटक निमको पात ३ देखि ४ वटा खानु स्वस्थकर मानिन्छ । यसले रगत सफा गर्नमा मद्दत गर्छ ।