नेपालमा पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिएका छन् । ४ हजार २४३ वटा नमुनाको पीसीआर परीक्षण गर्दा २६०मा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७८ हजार ४७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११३ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
हालसम्म नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३६ जना रहेका छन् । हाल क्वारेन्टिनमा ६९ जना छन् भने आइसोलेसनमा एक ९७९ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।