राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि राजनीतिमा फर्कन आह्वान गरिएको छ । एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले यस्तो आहन गरेका हुुन् ।
बास्कोटाले आज सामाजिक सञ्जालमार्फत् राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन आह्वान गरेका हुन् । ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन ।
राजनीतिबाटै उनीहरू रास्ट्रपति बनेका हुन्छन्,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले लेखेका छन्, ‘मेरो सिधा मत छ, वर्तमान रास्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’
अहिले एमालेका नेता तथा कार्यकर्ताले राष्ट्रपतिबाट बाहिरिएपछि विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने अवाज उठाउन थालेका छन् । एमालेभित्र कुनै विषयमा विचार निर्माण गर्ने सन्दर्भमा बाँस्कोटाका अभिव्यक्ति तथा उनले उठाएका विषय निर्णायक हुने गरेका छन् ।
पछिल्लो समय उनले प्रादेशिक संरचनाको औचित्यमाथि समेत प्रश्न उठाउँदै आएका छन् । बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने भनी थालेको बहसमा उठेका प्रश्नमा समेत जवाफ दिने क्रममा विद्या भण्डारी एमालेको अध्यक्ष बन्न सक्ने आशय प्रकट गरेका हुुन् ।
बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीतिक गर्नु हुँदैन भनने कानूनी व्यवस्था नरहेको र राजनीतिबाट उनीहरू राष्ट्रपति बन्ने भन्दै रामवरण यादवले पनि आफ्नो मान्यता अनुरूपको राजनीति गरिरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू राष्ट्रपति बनेका हुन्छन् । एकमात्र पूर्वराष्ट्रपतिले पूर्वमान्यता अनुरूपको राजनीति गरेकै छन् । मेरो सीधा मत छ वर्तमान राष्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’
एमालेमा बाँस्कोटाले जसरी मुख नखोले पनि भित्रभित्रै धेरै नेता विद्या भण्डारीलाई सक्रिय राजनीतिमा फर्काउनुपर्ने पक्षमा देखिएका छन् । बाँस्कोटाले शान्त तलाउमा ढुंगा हानेर माहौल बुझ्न खोजेको अर्थमा लिइएको छ । यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमवि’रुद्धको पाँच वटा रिटमा आज सर्वोच्च अदालतमा सु’नुवाइ हुँदैछ ।
नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरु’द्ध सर्वोच्चमा रिट परेको थियो ।
छुट्टा छुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो । संघीय संसदका दुवै सदनबाट दोहोर्याएर पारित भएको विधेयकलाई समय सीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लं’घन गरेकी थिइन् । राष्ट्रपतिविरु’द्ध अधिवक्ता सुनिल रञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मा लगायतले रि’ट दाय’र गरेका हुन् ।

