एमाले अध्यक्ष तथा पूूर्व प्रधानमन्त्री केपी शर्मा ओली शनिवार आफ्नै सरकारका पालामा किनिएको र पुनः सन्चालनमा ल्याइएको रेल चढेर धनुषाको विदेह नगरपालिकास्थित तीनकोरियातिर लागेका छन् ।
जनकपुरधाम विमानस्थलबाट सिधै जनकपुर रेल्वे स्टेशन पुगेका ओली त्यहाँ रेलको टिकट काटेर पार्टी प्रवेश कार्यक्रमतर्फ लागेका हुन् । धनुषा क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगरिया लोसपा त्यागेर एमाले प्रवेश गर्ने कार्यक्रमका लागि ओली दुई साताभित्रै दोस्रोपटक जनकपुर पुगेका हुन् ।
ओली जनकपुरबाट रेल चढेर महिनाथपुर स्टेनशनमा उत्रिएका छन् । उनीसँगै सीटमा एमाले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जुलीकुमारी महतो बसेकी थिइन् भने अरु नेता पनि रेल चढेरै कार्यक्रमस्थल पुगेका छन् ।
यस्तै, ओलीले ४६ सालयता २१ वर्ष सरकार चलाएको कांग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको आ’रोप लगाएका छन् । एमाले सरकारमा पुग्नासाथ विकासका काम गरिहाल्छ भनेर कांग्रेस अहिले आत्तिएको पनि उनको दाबी छ ।
शुुक्रबार आयोजित युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै ओलीले एमाले देशको रथ तान्छौँ भन्ने पाँच दलीय गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फु’स्काइदिएको बताए ।
‘देशको रथ तानिँदैन यिनीहरूबाट । यिनीहरूले १४ महिनामा अर्थतन्त्रको पाङ्ग्रा फुस्काए र समाजलाई क’लहतिर लगे । सत्ता’मा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने, यिनीहरूको उद्देश्य त्यत्ति हो । यस अवस्थाबाट देशलाई एमालेले जोगाउनेछ,’ ओलीले भने ।
कांग्रेसले ४६ सालपछि २१ वर्ष सरकारमा रहेर देशका लागि केही नगरेको उनले आ’रोप लगाए । ‘२१ वर्ष कांग्रेसले सरकार चलाएर के गर्यो ? ३८ वटा कि ४२ वटा उद्योग बे’चेर खायो ।
हेटौंडा कागज कारखानादेखि हरिसिद्धि, छा’लाजुत्ता‘ जे भट्यो बेचेर खायो । कांग्रेस किन आ’त्तिएको छ भने एमाले सरकारमा पुग्यो कि विकास गरिहाल्छ,’ ओलीले भने ।

