काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेद्वारी दिने चर्चा भएको छ । सोही क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नम्बर २ बाट कुलमान घिसिङलाई उठाउने तयारी गरेपछि लामिछाने र कुुलमानबीच प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनले कमजोर उम्मेदवार उठाउने र एमालेको पनि हेभीवेट उम्मेदवार नउठ्ने सुईंको पाएपछि रविले सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए । तर, अब कुलमानले सो क्षेत्रबाट उठ्ने तयारी गरेपछि उनलाई चुुनाव फलामको चिउरा चपाएसरह हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेका घिसिङ सो जिम्मेवारीबाट अलग भएर राजन्िितमा आउन लागेको बताइन्छ। उनी प्रचण्डसँग निकट मानिन्छन् ।
आगामी मंसिर ४ गते हुने निर्वाचनमा काठमाडौंमा माओवादीले चमत्कार गर्ने दाहालको अभिव्यक्ति थियो । काठमाडौंमा माओवादीको जनाधार कमजोर देखिएको बेला दाहालले लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका घिसिङलाई पार्टीको उम्मेदवार बनाएर नयाँ इतिहास कोर्न चाहेका छन् ।
लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवार तय गरेको छ। सो पार्टीले उम्मेदवार छनोटका लागि खुला मतदान गरेको थियो।
खुला प्रारम्भिक निर्वाचन नाम दिएकोमध्येबाट अनलाइन मतदान प्रक्रियामा धेरै मत पाउनेलाई समानुपातिको बन्दसूचीमा राख्ने जनाइएको छ।
पार्टीका प्रवक्ता डा। मुकुल ढकालका अनुसार खुला प्रारम्भिक निर्वाचनमा ३९ हजार १३ जनाले मतदान गरेका थिए।
यो पनि पढ्नुुहोस्ः चितवनमा ७ सय नेता–कार्यकर्ता माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत
चितवनका चर्चित व्यवसायी विजय घलेसहित विभिन्न दल तथा समुदायबाट ७ सयभन्दा बढी नेता–कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक कार्यक्रमकाबीच उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन्।
स्वतन्त्र, व्यवसायी तथा नेकपा एमालेका नेता तथा कार्यकर्ता नेकपा मोओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

