नेकपा माओवादी केन्द्र काठमाडौँ उपत्यकामा पनि आफ्नो बलियो प्रभाव छाड्न तयारीमा जुुटेको छ । अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई काठमाडौँबाट चुुनावी मैदानमा उतार्ने भएका छन् ।
देशकै कोर एरिया मानिने काठमाडौमा माओवादीले रामेछाप मूल घर भएका कुलमानलाई काठमाडौंको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । त्यसरी कुलमानलाई उम्मेदवार बनाइएपछि माओवादीको प्रभाव देशव्यापी पर्ने र निर्वाचनमा पार्टीको ‘विजय’ सुनिश्चित हुने विश्वास माओवादी नेतृत्वले गरेको छ ।
कुलमान घिसिङ विद्यार्थीकालदेखि नै कम्युनिष्ट आ’न्दोलनसँग जोडिएका व्यक्ति हुन् । वि.सं. २०४० मा नेकपा चौम र त्यसपछि एकताकेन्द्र हुँदै माओवादी बनेका कुलमान घिसिङ सरकारी संयन्त्रमा रहेर प्रचण्डहरूलाई सघाउने सबैभन्दा उच्च तहका कर्मचारी हुन् ।
यही तथ्यलाई बुझेर केपी ओली नेतृत्वको सरकारले कुलमानलाई विद्युत प्राधिकरणमा दोहोऱ्याएर नियुक्ति नदिने निर्णय लिएको थियो । त्यसरी नियुक्ति नदिइएपछि कुलमानका पक्षमा सडक स’ङ्घर्षसमेत भएको थियो । आगामी निर्वाचनमा उम्मेदवार बनाएर माओवादीले घिसिङलाई ऊर्जामन्त्री बनाइने भन्दै प्रचार गर्ने तयारी गरिरहेको बुझिएको छ ।
त्यस्तै काठमाडौंको २ नम्बर क्षेत्रबाट चाहिँ माओवादीले पूर्वसभामुख एवम् वर्षमानपत्नी ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । २०६४ सालको निर्वाचनमा माओवादीका झक्कु सुवेदी विजयी बनेको उक्त निर्वाचन क्षेत्रमा यसअघि एमालेको चुनावचिन्हमा माधवकुमार नेपाल विजयी बनेका थिए ।
आगामी निर्वाचनमा नेपाल रौतहटबाट चुनाव लड्ने तयारीमा छन् । यता, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले चितवन ३ मा उठ्ने बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वि’रुद्ध उम्मेदवारी दिने बताएका हुुन् ।
पार्टी भित्र तालमेल गर्दा संस्थापनइतर समूहलाई न्यायोचित भागब’ण्डा नगरे वि’द्रोह गरेर प्रचण्ड विरु’द्ध उम्मेदवारी दिने उनले बताए । नेता कोइराला पक्षधरलाई बेवास्ता गरी सिटको भागबण्डा टुंगिए मान्य नहुने उनको भनाइ छ ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फ ४० प्रतिशतको हिस्सेदार आफ्नो समूह रहेको शेखर पक्षको दाबी छ ।

