टी–२० सिरिज खेल्न केन्याका साथै त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जमैका गएका सन्दीप लामिछानेका लागि खुुसीको खबर आएको छ । जमैकाबाट चाँडै फर्किने बताए पनि उनी कहाँ छन् खुलेको छैन । यद्धपि उनी नेपाल आइसकेका छैनन । प्रहरीले पनि पत्ता लगाउन सकेको छैन ।
लामिछानेसँग अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया लगायतका मुलुकको भिसा रहेको र यिनै देशमध्ये एक देशमा हुनसक्ने स्रोतले नागरिक पत्रलाई बतायो । यहीबीचमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–२० बलिङतर्फ सन्दीप लामिछाने एक स्थान वरीयता सुधार गर्दै ६१ औँ स्थानमा उक्लिएका छन् ।
यो उनी र समर्थकहरुका लागि खुुसीको खबर हो । दीपेन्द्र अलराउन्डर वरीयताको १० औँ स्थानमा कायमै रहेका छन् । ब्याटिङ वरीयतामा नेपालमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सुधार गरेका छन् । आईसीसीले सार्वजनिक गरेको टी–२० को नयाँ वरीयतामा ऐरी एक स्थान माथि पुगेका छन् ।
ब्याटिङको नयाँ वरीयतामा दीपेन्द्र ५९ औँ स्थानमा रहेका छन् । ब्याटिङतर्फ नै कुशल भुर्तेलको वरीयता भने यथावत् रहेको छ । कुशल ५४ औँ स्थानमा यथावत् रहेका छन् ।
यो पनि पढ्नुुहोस्ः बागमतीको कप्तान अश्मिना
बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितालाई १४ सदस्य टोली घोषणा गरिएको छ । अश्मिना कर्माचार्यको कप्तानीमा टोली घोषणा गरिएको हो ।
अलराउन्डर सुमन खतिवडालाई भने बागमतीले उपकप्तानको जिम्मेवारी दिएको छ । घोषणा टोलीमा अश्मिना, सुमन, कन्चन श्रेष्ठ, आरती बिडारी र खुशी डंगलोल लगायतका खेलाडी छन् ।
यी हुुन् खेलाडीहरुः
अश्मिना कर्माचार्य (कप्तान), सुमन खतिवडा (उप-कप्तान) विन्दा कटुवाल, बिपीशा, कन्चन श्रेष्ठ, अनिशा मजाकोटी, सोनी पाख्रिन, अस्मिता खरेल, आरती विडारी, कृष्मा गुरुङ, खुसी डंगोल, सलिना सिलवाल, संस्कृति फुँयाल र हेलिशा गुरुङ ।
वैकल्पिक –
साविका कुमारी यादव, श्वइच्छा खड्का, अनुशा रोका र क्यानुका बस्नेत ।
सुमन र अश्मिनाको प्रदर्शनमा धेरै निर्भर रहनेछ । सिनियर टोलीमा १३ औं दक्षिण एसियासली खेलकुद (साग) पछि नभएकी सुमन घरेलु प्रतियोगितामा सानदार प्रदर्शनका साथ पूनरागमन गर्ने सोचमा हुनेछिन् ।
नवौं खेलकुद असोज २८ देखि कार्तिक ३ सम्म पोखरामा हुँदैछ । तर महिला क्रिकेट भने असोज २३ देखि हुने बताइएको छ । यता पुरुषतर्फ क्रिकेट भने काठमाडौंमा सम्पन्न भई सकेको छ ।
नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै नवौंको पहिलो स्वर्ण जितेको थियो । तर वर्षाको कारण २९ मध्य १८ खेल हुन सकेनन् । बागमती प्रदेश र नेपाल एपिएफ क्लब भने एक खेल पनि खेल्न नपाई बाहिरिएका थिए ।

