माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने काउन्टर दिएका छन् । उनले काठमाडौँ छोडेर चितवनमा ल’ड्नसक्ने संकेत गरेका छन् ।
जनताले हालेको भोटको सुरक्षामा उनी एकमत छैनन । चितवनको माडीमा आयोजित नगर भेलामा लामिछानेले मत नागरिकले हालेको मत साटेर चुनाव जित्नेहरु शानसँग सा’इरन बजाउँदै हिँडिरहेको उल्लेख गरे ।
‘त्यो अप’राध समाजबाट लुकेको छैन । त्यसको छिनोफानो नहुँदै उनीहरूको राज्यसत्तामा पहुँच भएको यो अवस्थामा आजै, अहिल्यै कसरी वाचा गरौँ ? म भन्न सक्दिन । मेरा शब्दहरू घाँ’टीसम्म आएको छ ।
विभिन्न घटनाक्रमहरू मान’सपटलमा आएर मलाई वाचा गर्न रोकिरहेका छन् । तर कहिलेसम्म रोकौँला ?’ लामिछानेले भने ।
उनले चितवन ३ बाट चुनाव लड्ने ढोका आफूले बन्द नगरिसकेको बताए । ‘ढोका अझै खुल्ला छ । तर, धेरै कुराको ग्यारेन्टी हामीले लिनुपर्ने छ,’ उनले भने ।
माओवादी अध्यक्ष प्रचण्डले चितवन ३ बाट चुनाव ल’ड्ने घोषणा गरिसकेका छन् । उनकै क्षेत्रबाट रविले चुनाव ल’ड्ने चाहना व्यक्त गरेका हुन् ।
यस्तै, रियालिटी शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हो।
पन्तलाई पार्टीले मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो। धादिङका पन्तले आफू राजनीतिमा पनि युवा लाग्नुपर्छ भन्ने उदेश्यले राजनीतिमा लागेको बताए।
उनले आफूलाई पहिलादेखि नै राजनीतिप्रति नै झुकाव भएको र अहिले आएर चुनावमा उठ्ने निधो गरेको प्रतिक्रिया दिएका छन्।

