पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको शुभकामना दिएका छन् । भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै शाहले देशको शासन व्यवस्थामा चिन्ता व्यक्त गरेका छन्। शाहले सत्ता स्वा’र्थले प्रेरित गठबन्धन हुनु देशका लागि दु’र्भाग्य भएको बताए।
सत्ता स्वा’र्थले प्रेरित गठबन्धन बनाएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुुर देउवा, माओवादी अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादकिा अध्यक्ष माधव नेपाल लगायतका नेतालाई इंगित गरेका हुन् ।
यस्तै उनले न्यायपालिका, कार्यपालिका भित्रको वि’वादले व्यवस्था नै सोच्ने अवस्था आएको बताएका छन्। शाहले मुलुक देशी विदेशीको क्रि’डास्थल बन्दै गएकोमा चि’न्ता व्यक्त गरेका छन्। उनले भ्र’ष्टाचारले शासक पथभ्र’ष्ट हुँदै गएको टिप्पणी गरेका छन्।
उनले शुक्रबार बिहान भिडियोमार्फत् सनातनी मूलभूत महिमालाई बि’थोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल नबन्ने बताएका छन्।
ज्ञानेन्द्रले भनेका छन्, ‘पूर्खाहरूले आर्जेको यो स्वाधीन राज्यलाई अ’सफलतातिर धकेल्नुहुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी मूलभूत महिमालाई बि’थोलेर, केही संरचना बदलेर सुन्दर नौलो नेपाल बन्दो रहेनछ। त्यसैले बलियो मियोमा आबद्धभएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ।’
उनले नेपाल देशी विदेशीहरूको क्री’डाभूमि भएको जनगुनासो रहेको बताए। ‘नेपाल निरन्तर देशी विदेशीहरूको क्री’डाभूमि पनि भयो भन्ने जनगुनासो छ। त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अह्राएर सम्मुनत सक्षम र समृद्धिको पुनस्निर्माणमा ध्यान दिनु देखिन्छ। नेपाललाई फेरि महान बनाउनु परेको छ’, पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्।
रोजगारीका लागि दिनहुँ हजारौँको संख्यामा नेपालीहरू विदेशिरहेकोमा उनले चि’न्तासमेत व्यक्त गरे। पूर्वराजा ज्ञानेन्द्रले हाम्रा कुनै कार्यले देशले कहिल्यै हार्न नहुने बताए।
उनले भनेका छन्, ‘व्याप्त भ्र’ष्टाचारले समाज र व्यवस्थालाई पद’भ्रष्ट तुल्याएको छ। सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ। विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दा’उमा लग्ने अवस्था बनेको छ।
हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्न हुँदैन। राष्ट्रिय प्रजातन्त्र, मौृलिक मान्यताह र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकी राज्य व्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चो’खो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरून् जय नेपाल।’

