आगामी मंसिर ४ गतको लागि निर्धारित चुुनावमा सत्तारुढ पाँचदलीय गठबन्धन सिट टुुंग्याउन निरन्तर छलफलमा छ । फरक विचारधारा र नेताहरुको मनोकांक्षाका कारण माओवादी, कांग्रेस, एकीकृत समाजवादी र जसपाबीच सिट भागबण्डामा सहमति भइसकेको छैन ।
सबै दल आफूूलाई बढीभन्दा बढी सिट मागिरहेका छन् । सिट छन् जम्मा १६५ । जसमा नेकपा माओवादी केन्द्रले ४४ सिट पाउने सहमति भएको छ । सत्ता गठबन्धनमा भएको सहमतिअनुसार माओवादीलाई ४४ सिट दिने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार कांग्रेसले ८४ सिट लिने सहमति भएको छ । नेकपा एकीकृत समाजवादीलाई १६ सिट दिने सहमति भएको छ ।
१६ सिटमा खुम्चा’इएपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बैठकको बीचमै उठेर हिँडेका थिए । ‘सिटमा चित्त नबुझेर हुन सक्छ । माधव नेपालमा बीचमै उठेर जानुभयो । अब बिहान सबै टुंगो लगाउने भनिएको छु, ती नेताले भने ।
उनका अनुसार सप्तरी, पर्सा र कास्कीमा भा’गवण्डा मिलाउन बाँकी छ । यता, माओवादी र कांग्रेसले मात्रै फाइदा उठाएको भन्दै अर्को दल जनता समाजवादी पार्टी (जसपा) पनि असन्तुुष्ट भएको छ ।
अध्यक्ष उपेन्द्र यादवले आसन्न संसदीय निर्वाचनमा आफ्नो पार्टी एक्लै प्रतिस्पर्धमा उ’त्रिन पनि तयार रहेको बताएका छन्। गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा र’स्साक’स्सी चलिरहेका बेला जसपा अध्यक्ष यादवले चुनावमा जान ‘कुनै पार्टीको वैशा’खीको आवश्यकता नरहेको’ बताएका हुन्।
धनुषाको शहीदनगर नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी, आदिवासी लगायतका उत्पी’डित व’र्गको सम्मान हुनेगरी सिट बाँडफाँट भए मात्र गठबन्धन गर्ने बताए।
संघीय लोकतान्त्रिक गणतन्त्र ख’तरामा परेको बेला जसपाकै पहलमा ५ दलीय गठबन्धन निर्माण भएको दाबी गर्दै अध्यक्ष यादवले अहिले बजारमा आएको ह’ल्लाजस्तो गठबन्धनमा सिटको बाँडफाँट नभएको बताए।
‘गठबन्धनमा अहिलेसम्म सिट बाँडफाँटबारे कुनै सहमति भएको छैन। ह’ल्लाको पछाडि नलागौं,’ यादवले भने।

