तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा बसेका दुई एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चुनावको मुखैमा सल्यानका दुई एमाले नेता माओवादी केन्द्रमा प्रवेश गरेपछि एमाले तरंगित भएको छ।
एमाले कर्णाली प्रदेश कमिटीका सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल माओवादीमा प्रवेश गरेका हुन् । दुवै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डले शुक्रबार पार्टीमा स्वागत गरेका छन् । उनीहरु तत्कालीन नेकपा विभाजनपछि बादल समूहसँगै एमालेमा रहेका थिए ।
कुँवर माओवादी जनमु’क्ति सेनाका क’माण्डरसमेत थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी नेताहरु मात्रिका यादव, टेकबहादुर बस्नेत, रमेश मल्ललगायत थिए ।
यस्तै, नेकपा माओवादी केन्द्रको रुकुम पश्चिम जिल्ला पश्चिमले जिल्लामा नेपाली कांग्रेसलाई कुनै क्षेत्र नदिने बताएको छ । माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयोजक गोविन्द रोकाले शुक्रबार विज्ञप्ति जारी गर्दै यसअघि जितेका क्षेत्रहरु यथावत राख्ने गरी मात्र भागबण्डा मिलाउन शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । त्यसो नगरिए परिणाम अन’पेक्षित हुने समेत चेतावनी दिएका छन् ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँटको लागि गठबन्धन दलहरुले यसअघि जितेका क्षेत्रहरु यथावत राखी अन्य क्षेत्रमा मात्र भागबण्डा मिलाउने भनी यसअघि निर्धारण गरिएको मापदण्ड अनुसार नै सिट बाँडफाट सम्बन्धी निर्णय गर्न नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जो’डदार माग गर्दछ’ उनले विज्ञप्तिमा भनेका छन् ।
रुकुम पश्चिममा प्रतिनिधिसभाको एउटा र पदेशसभाको दुईवटा निर्वाचन क्षेत्र छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले पाउनेमा वि’ वाद नभए पनि दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले दावी गरेको छ ।
नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश वलीले आफूहरुको दाबी २ क्षेत्रमा भए पनि गठबन्धनको मापदण्ड अनुसार एउटा क्षेत्र भने पाउनै पर्ने बताउँछन् । विशेष गरी प्रदेशसभा ‘ख’मा आफूहरुको दाबी रहेको उनले बताए ।
‘गठबन्धनको मापदण्ड अनुसार रुकुममा पनि नेपाली कांग्रेसले पाउनुपर्यो,’ वलीले भने, ‘गठबन्धन रुकुमलाई छाडेर अरु ७६ जिल्लामा मात्रै गरेको हो भने पार्टीेले भन्नुपर्यो । होइन भने गठबन्धनले जुन माप’दण्ड बनाएको छ, त्यसले रुकुमलाई पनि छुन्छ होला ।’

