बडादशैंको उपलक्ष्यमा शुभकामना दिने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले विभिन्न कुराहरु राखे । जसमाथि धेरै नेपालीहरुको ध्यान गएको छ । भिडियोमा पूर्वराजाले प्रयोग गरेको पृष्ठभूूमिमा आफ्ना दाजु भाउजु स्व’र्गीय राजा रानी बीरेन्द्र र ऐश्वर्यका राम्रा तस्वीरहरु प्रयोग गरेका छन् ।
२०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबार भित्रै सपरिवार राजा बीरेन्द्र र उनको सपरिवारको ह’त्या भएपछि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र राजगद्दीमा बसेका थिए ।
गद्दीमा बस्नुपूर्व ज्ञानेन्द्र र राजा बीरेन्द्रका बीच कस्तो सम्बन्ध थियो भन्ने बारे दरबार निकटस्थहरुको फरक फरक मत पाइने गरेको छ । आफ्ना दाजु भाउजुको परिवार नै नष्ट भएपछि पूर्वराजा ज्ञानेन्द्र गद्दीमा बसेयता उनले कहिल्यै पनि बीरेन्द्र र ऐश्वर्यका तस्वीरहरु कुनै सार्वजनिक समारोहहरुमा प्रयोग गरेको पाइएको थिएन ।
यसबीचमा पूर्वराजा ज्ञानेन्द्रका सक्रिय र गद्दीच्यू’त भएयता धेरैवटा शाही घोषणा, शाही सन्देश र शुभकामना सन्देशका भिडियोहरु प्रकाशित भएका छन् र उनी थुप्रै त्यस्ता सार्वजानिक समारोहहरुमा पनि पुगेका छन् । तर, कुनैमा पनि स्व’र्गीय राजा रानी बीरेन्द्र र ऐश्वर्यका तस्वीरहरु प्रयोग गरिएका थिएनन् ।
बरु हालका प्रधानमन्त्री जो आफैंले नियुक्त गरेका थिए, उनलाई पदच्यू’त गरी प्रत्यक्ष शासन हातमा लिंदा नेपाल टेलिभिजनबाट सार्वजानिक गरेको शाही घोषणामा ‘आफू दाजु स्व’र्गीय राजा बीरेन्द्र जस्तो टुलुटुलु हेरेर बस्ने राजा नभएको’ भन्दै शास’कीय स’त्ता आफ्नो हातमा लिएका थिए ।
बहुदलीय प्रजातन्त्रलाई मा’सेर प्रत्यक्ष शासन गर्ने उनको महत्वाकांक्षाले लामो समय टिक्न त पाएन तर दरबार ह’त्याका’ण्डपछि राजा बनेपछि उनले तत्कालीन राजा बीरेन्द्र र ऐश्वर्यको ह’त्या भएको स्थल नारायणहिटी दरबारको बहुचर्चित त्रिभुवन सदनलाई भत्का’एर मा’टोमै मिलाइदिएका थिए ।
यो कार्यले नेपालको इतिहासको एउटा दुर्लभ तर त्रा’सदिपूर्ण घटनाको इतिहास नै न’ष्ट भएको थियो । यो बर्ष आफ्नो ७७ औं जन्मोत्सव मनाइसकेका पूर्बराजाले अहिले आएर भने स्वर्गीय राजा रानी बीरेन्द्र र ऐश्वर्यको तस्वीर प्रयोग गरेर भिडियो सन्देश जारी गर्नुमा नेपाली जनतामा तत्कालनी राजा रानीप्रतिको अ’गाध प्रेम र स्नेहलाई अहिले आएर पूर्वराजा ज्ञानेन्द्रले बुझ्न खोजेको सन्देश दिएको छ । तर यो बुझाइ आफ्नो प’पुलारिटीका लागि मात्र भएको राजावादीहरुकै दावी छ ।
उनी ग’द्दीआरोहण गर्दा अर्थात आजभन्दा २० बर्षअघि आयोजित गद्दी आरोहण सभामा राजा बीरेन्द्र र रानी ऐश्वर्यको तस्वीर यसरी व्याकग्राउण्डमा राखिएन । त्यसपछि उनले दिएका शाही सन्देशहरुमा कहीं कतैं पनि स्व’र्गीय राजा रानीका तस्वीरहरु देखिएका थिएनन् ।
शासनस’त्ता लिंदा पहिलोपल्ट २०५९ सालको घोषणा होस् वा देउवालाई अपद’स्थ गर्दाको घोषणा होस् सबै सन्देशहरु भिडियोमै थिए तर त्यहां बीरेन्द्र र ऐश्वर्यका तस्वीरको उपस्थिति देखिएको थिएन । २०६५ सालमा गद्दी छाडेर हिड्दा भने उनले लाइभ पत्रकार सम्मेलन नै गरेका थिए । त्यो दुखको बेला झन् दाइ भाउजुको तस्वीर प्रयोग गर्ने कुरा पनि थिएन शायद ।
त्यसयता पनि उनले केही भिडियो सन्देशहरु जारी गरेका छन् । जस्तो गत बर्षको दशैंको शुभकामना सन्देश त्यसको व्यकग्राउण्डमा पर्दा मात्र थियो । गतबर्ष नै पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति नै को’रोनाले वि’रामी परे । निको भइसकेपछि पूर्वरानी कोमललाई समेत छेऊमा राखेर एउटा भिडियो सन्देश जारी गरी स्वा’स्थ्यलाभको कामना गर्नेहरु सबैलाई धन्यवाद दिएका थिए ।
तर यसपल्ट भने कहिल्यै नगरेको राजाबीरेन्द्र र .रानी ऐश्वर्यको तस्बीर आफ्नो शिरको दायां बायां पर्ने गरी भिडियोमा प्रष्ट आउने गरी शुभकामना सन्देश रेकर्ड गराए पूर्वराजा ज्ञानेन्द्रले ।
रह’स्यमय ढंगले आफ्नै दरबारभित्र मा’रिएका राजा रानीबारे नेपाली जनताका बीचमा ठूलो स्नेह अहिले पनि कायम छ । राजा बीरेन्द्र आफ्नो लामो प्रत्यक्ष शासनकालमा पनि त्यति धेरै वि’वादित बनेर जनताको मनमा वि’झाएका राजा थिएनन् ।

