काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई आफ्नै कदम भारी परेको छ । दशैँको मुुखैमा काठमाडौंको बांगेमुढास्थित सामुदायिक भवन (थायमदु त्वाःछे) माले मा डो’जर चलाएको भन्दै शनिबार साँझ प्र’दर्शन भएको छ ।
युुवाहरुले डो’जर आतं’क बन्द गर, नेवा एकता जिन्दावाद, नेवा विरो’धी हो’सियार जस्ता ना’रा लगाएका छन् । स्थानीय वासिन्दाले महानगरपालिकाको वडा नम्बर २५ का वडाध्यक्षवि’रुद्ध पनि नारा’बाजी गरेका छन् । स्थानीयले मसा’ल जु’लुस निकाल्नुका साथै मेयर बालेन साहको पु’त्ला पनि दह’न गरेका छन् ।
महानगरपालिकाले शुक्रबार वडा नम्बर २५ मा रहेको एक सामुदायिक भवन डोज’र लगाएर भ’त्काएपछि स्थानीय वासिन्दा आन्दो’लनमा उत्रि’एका हुन् ।
स्थानीय वासिन्दाको आन्दो’लनमा स’मर्थन गर्न काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार सुमन साय्मी पनि पुगेका थिए । उनले काठमाडौं महानगरपालिकाले कानुन वि’परीत काम गरिरहेको आ’रोप लगाए ।
‘अ’तिक्रमण गरेको छ भने मा’र्किङ गर्नुपर्छ, यहाँको मान्छेको स’मर्थन लिएर काम गर्नुपर्छ’ उनले मेयर बालेनप्रति लक्षित गर्दै भने, ‘उहाँको सोच बदलिनुपर्छ । डो’जरले घर भत्का’एर समाधान हुदैन ।’
पछिल्लो समय बालेनले सबै जनताको मनोभावलाई ध्यान दिन सकेका छैनन ।
यो पनिः काठमाडौँमा नवौ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले वसन्तपुरमा नवौँ राष्ट्रिय खेलकुद — २०७९ को ट्रफी सार्वजनिक गरेका छन् ।
ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गरेका हुन् ।
सरकारले राष्ट्रिय खेलकुदका लागि पहिलो पटक रनिङ् ट्रफी निर्माण गरेको हो । यसको पहिलो सार्वजनिक भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । १० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । यसमा ५ केजी चाँदी र २ तोला सुनको प्रयोग गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ ।
खेलका कार्यक्रम असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछन् । शुभारम्भ र समापन पोखरा रंगशालामा हुनेछ । उद्घाटनमा राष्ट्रपति र समापन प्रधानमन्त्री सहभागी हुने कार्यक्रम छ ।
खेलमा ३६ वटा प्रतियोगिता हुनेछन् । खेलमा प्रदेश नं. १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश (एच), प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशबाट सहभागिता हुनेछ । त्यसैगरी नेपाल आर्मी क्लव, नेपाल प्रहरी क्लव र एपीएफ क्लवले विभागीय टोलीका रुपमा खेल्नेछन् ।
ट्रफी टुरको क्रिकेटका पूर्व कप्तान पारस खड्का, ओलम्पियन दीपक श्रेष्ठ, महिला भलिवल खेलका कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मीरा राई छन् ।

