एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार शीतल निवास गएका छन् । राष्ट्रपति निवासमा एमाले अध्यक्ष ओली एक्लै हिजो तीन घण्टा बसेको स्रोतले जनाएको छ ।
अध्यक्ष ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्न साँझ साढे ६ बजे बालकोटबाट एक्लै शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति भण्डारी र उनीबीच मुलुकको समसामयिक राजनैतिक घटनाक्रम, चुनावी स्थितिबारे झण्डै तीन घण्टा कुराकानी भएको थियो । शीतल निवासबाट निस्केर अध्यक्ष ओली बालकोट पुग्दा रातको झण्डै १० बजेको थियो ।
युवालाई पूर्वराष्ट्रपतिले गरे यस्तो आग्रह
पूर्वराष्ट्रपति डा.रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्न युवा वर्गलाई आग्रह गरेका छन् । १५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसको अवसरमा शुक्रबार काठमाडौँको काँडाघारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुुन् ।
नि’मुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने भन्दै युवा वर्गलाई उनको आग्रह छ। अ’हिं साको बाटोबाट नि’मुखा जनताको पक्षमा राजनीति गर्नुपर्ने उनको भनाइ छ ।
मानिसबाट भएको प्रकृतिको वि’नासबाट नेपाल मात्र नभएर विश्वमा बढेको जलवायु परिववर्तनले मानव सभ्यता संक’ टमा पर्ने जो’ खिम बढेको बताएका पूर्वराष्ट्रपति यादवले देश नै सं’ कटमा पर्दा पनि अहिलेका नेतृत्वलाई मतलब नभएकाले अब युवा राजनीतिमा आउनुपर्ने बताए।
प्राकृतिक वि’ नाश निम्त्याउँदा विश्वमा खाद्य, इन्धनजस्ता सं’ कट बढेको उनले बताए ।

