सरकारले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई २० लाख रूपैयाँ राहत दिने निर्णय गरेको छ । दसैँको मुुखैमा उनका लागि सरकारले मोटो रकम छुुट्याएको हो । यो समाचार आइतबारको कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन ।
खनालको माग अनुसार सरकारले दसैँको पूर्व सन्ध्यामा खनाललाई २० लाख रूपैयाँ राहत दिने निर्णय गरेको हो । उ’पचार खर्च र राहतका नाममा पटक पटक पैसा लिँदै आएका खनालले आफ्नै नाममा स’र्प प्रतिष्ठान खोल्न लगाएर त्यसमा पनि राज्यको ढु’कुटीको दु’रूपयोग गरेका छन ।
सरकारले खनाललाई दसैँको मुखमा दिएको २० लाख रूपैयाँको राहत मापदण्डविप’रित रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन । सरकारले कांग्रेस, माओवादी र समाजवादीका अन्य सयौँ कार्यकर्तालाई ५० हजारदेखि २० लाख रुपैयाँसम्म राहतको नाममा आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आफैँले पछिल्लो पटक ल्याएको मापदण्ड उलंघ’न गरेर राहतको नाममा राज्यको टुकुटीको दुरू’पयोग गरेको हो । यसअघि सरकारले मापदण्ड विप’रित हा’तमुख जोर्नै समस्या हुन लागेको भन्दै पूर्व राष्ट्रपति डा रामवरण यादवलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको थियो ।
चुनावको मुखमा सत्ता गठबन्धनको सिट बाँडफाँडमा सहमति हुन नसकिरहेको र माधव नेपालको गतिबिधिबाट रू’ष्ट बनेका खनालका लागि मुख बन्द गराउन राहत उपलब्ध गराइएको समाजवादी स्रोतले जनाएको छ ।

