धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) बाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे कारोबार सुरू भएको छ । स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३६० रूपैयाँमा कम्पनीकाे पहिलाे काराेबार भएकाे थियाे ।
अहिले बढेर ३ सय ७४ रूपैयाँ पुगेकाे छ । यस समाचार तयार पार्दासम्म (११ बजेर ४३ मिनेट जाँदा) कम्पनीकाे सेयर किन्न १६ लाख ९६ हजार ६३ जना लगानीकर्ताले खरिद आदेश गर्दा बेच्नेको संख्या भने शून्य छ ।
अपर सोलु हाइड्रो ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको तयारी अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणकाे लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ। कम्पनीले चैत १६ गते आईपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले स्थानिय र आम सर्वसाधारणको लागि ३३ लाख ७ हजार ५०० कित्ता शेयर अर्थात ३३ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको शेयर गर्न अनुमति माग्दै बोर्ड पुगेको हो। कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्तामा एनएमबी क्यापिटल नियुक्त गरेको छ।