सुुदूूरपश्चिमको कैलालीमा ‘चरी बाघ’ भेटिएको छ। शनिबार कैलालीको गौरीगङ्गा नगरपालिका–७ स्थित चौधरी खोलामा एक ‘चरी बाघ’ भटिएको जनाइएको छ ।
डिभिजन वन कार्यालय धनगढीले चौधरी खोलामा बाघको एक बच्चा फे’ला परेको र उक्त बाघको उ’द्धार गरिएको जानकारी दिएको छ। सो चरी बाघको बच्चालाई सब डिभिजन वन कार्यालय मसुरियाले उ’द्धार गरेर धनगढी ल्याएको हो।
उद्धार गरेर ल्याइएको बाघलाई धनगढीको शिवपुरीस्थित अस’हाय तथा टु’हुरा वन्यजन्तु स्या’हार केन्द्रमा राखिएको छ। उक्त बाघलाई केही दिनपछि वनमा छोडिने बताइएको छ। सो चरी बाघ अल्पवयस्क अवस्थाको रहेको जनाइएको छ।
यसैबीच, कैलालीमा चरी बाघ भेटिएपछि एक तस्बिरले सामाजिक सञ्जालमा तहल्का पिटेको छ । बाघलाई समेत पत्रकारले प्रश्न गरेको भन्दै कतिपयले व्यंग्य गरिरहेका छन् ।
कैलालीको घोडाघोडी सिमसार क्षेत्र, गौरीगङ्गा, बसन्ता कोरिडोर क्षेत्रमा चरी बाघ पाइने गरेका छन्।
यो पनिः दशैँ शुरु भएपछि फर्कियो खुसी
पछिल्लो समय रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजा’डिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।
दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उनका श्रीमान्को मृ’त्यु भयो । छोरा छोरी र नातनातीना बजार झरेपछि उहाँ एक्लै हुनुभएको छ । उहाँमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् । तर, उक्त गाउँको खुसी दशैसंगै फर्किएको छ । अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुसी भएका छन् ।
दशैँ शुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुसी फर्केको छ । दशैँ आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैँ मान्न घरमा आउने क्रम जारी छ ।
‘जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्,’ मैनाले भने, ‘तर, दशैँ तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैँले गर्दा खुसी फर्किएको छ ।’
यस्तै हर्कबहादुर जिसीले दशैँमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राखेका छन् । उनले गाउँमा दशैँ आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताए ।
गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गेपिङ र चर्खे पिङ देखिनै छाडेको भए पनि गाउँ फर्कर्नेको संख्यामा वृद्धि भएको छ ।
झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । ‘दशैँमा छोरानाति आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ’ उनले भने, ‘एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशैँ तिहारमा त छोरा बुहारी र नातनातीनासँग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैँ ।’
नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दशैँ, शुभदीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन् ।