नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का एक प्रभावशाली नेताले दशैँको शुभकामना दिँदै पार्टी छोडेका छन् । कागेश्वरी मनोहरा नगरपालिकाका पूर्वमेयर कृष्णहरि थापाले नेकपा एस छाडेका हुुन् ।
कागेश्वरी माधव नेपालको क्षेत्र हो । नेता नेपालको विश्वास पात्र मानिएका थापा गत स्थानीय चुनावदेखि नै नेतृत्वप्रति असन्तुष्ट थिए ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत दसैँको शुभकामना दिँदै उनले आजकै मितिबाट पार्टीको कुनै पदमा नरहेको घोषणा गरेका हुन् ।
‘आज मिति २०७९ आश्विन १५ गते (१ अक्टोवर २०२२) गतेदेखि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत गठबन्धनवादी) को कुनै पनि पदमा नरहेको सबैमा जानकारी गराउँदछु ‘, थापाले लेखेका छन् ।
उनी नेकपा एसका केन्द्रीय लेखा आयोग सदस्यसमेत रहेका थापा काठमाडौं-२ का प्रभावशाली नेता मानिन्छन् । ७४ मा उनी एमालेबाट मेयर निर्वाचित भएका थिए ।
‘टिकट नपाउने बे’होस् हुने हुन् कि भन्ने चिन्ता छ’
अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र गाह्रो भइरहेको बताएका छन् । उनले ’दाबी नगरेपनि हुन्थ्यो नि’ भन्नेहरूले पनि निर्वाचनमा टिकट लिनका लागि च’र्को दबाब दिइरहेको बताए ।
उनले उठेर दुई कदम पनि हिँडन नसक्ने वृद्धहरूले समेत टिकटको आकांक्षा चर्को रूपमा राखेको बताए । अध्यक्ष नेपालले ती आकांक्षीहरूमा टिकट नपाउने हो भने बेहो’स् हुने हो कि भन्ने आफूलाई चिन्ता लागेको पनि बताए ।
‘सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फे’न्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन् । को काबिल, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौँ । नगरेपनि हुन्थ्यो नि दावा भन्ने पनि चर्को दाबी गरिरहेका छन ।
उठेर दुई कदम हिँड्न सक्दैन विचरा बुढो भइसक्यो । तैपनि म’र्ने बेलामा एकचोटि त पाऊँ, अरू केही भएन भने नाम भएपनि त्यहाँ टाँसिन पाऊँ । के होला, कस्तो गाह्रो ?’, उनले भने । अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरूलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटक पटक सचेत गराए ।

