हालसालै मन्त्री पदबाट राजीनामा दिएकी नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्री र पत्रकार ऋषि धमलाबीच कार्यक्रममै भ’नाभन भएको छ । प्राइम टिभीमा धमलाले ‘कार्यक्रम जनता जान्न चाहान्छन्’ मा झाँक्रीसँग लिएको अन्तरवार्तामा एक अर्कामाथि प्र’हार भएको छ ।
धमलाले ‘नेताहरुले राजनीतिलाई कमाई खाने भाँ’डो बनाएको’ भन्दै आरोप लगाउदाँ झाँक्रीले जोडदा बचाउ गरेकी छिन् । अन्तरबार्ताको अधिकांश समयमा दुवै जनाले अस्वभाविक रुपमा एकअर्कालाई हस्त’क्षेप गरेका छन्।
सवाल र जवाफको तालमेल मिलेको छैन। प्रश्न सोध्ने र उत्तर दिने भन्दा पनि आफु मात्रै बोलेको देखिन्छ। कस्ले के सोध्यो र कस्ले के बोल्यो भन्दा पनि दुवै जना आफ्ना कुरा राख्नमा प्रतिस्पर्धा गरेको देखिन्छ।
अन्तरबार्ताका क्रममा धमलाले ‘राजनीति भनेकै सत्ता र स्वार्थका लागि भयो, जनतालाई सधैं पीडामा राख्ने ? जनतालाई के दिनु भयो ?’ भनेर प्रश्न गरेपछि झाँक्रीले उनलाई उल्टै ‘तपाईले चाहीँ जनताका लागि के गर्नु भो ?’ भनेर प्रतिप्रश्न गरेकी छिन्। उनले भनेकी छिन–‘सत्ता वाहिर वसेर गर्ने भए त तपाईले गर्नु हुन्थ्योनी त। सत्ता वाहिर वसेर तपाईले गर्न सक्नु भएन।’
धमलाले ‘राजनीति भनेको सत्ताको लागि होईन है, राजनीति भनेको सेवा मुलक हो। जनताको लागि सेवा गर्नोस’ भनेर राजनीतिक उदेश्य बुझाउने प्रयास गरेका छन्। तर, धमलाको प्रश्न गर्ने शैली र बीचैमा कुरा काट्ने बानीले तिलमिलाएकी झाँक्रीले ‘तपाईले राजनीतिलाई के बुझ्नु भाछरु पहिला भन्नु त राजनीतिलाई के बुझ्नुभाछ ?’ भन्दै जवाफ दिएकी छिन्।
त्यसपछि धमलाले ‘राजनीति भनेको मागि खाने भाँडो भईसक्यो अहिले त’ भनेपछि झाँक्री भन्छिन्–‘त्यही हो भने तपाईले पनि मागिखाने भाँ’डो चलाईरनु भाछ, भन्नुपरो।’ धमलाले फेरी ‘राजनीति भनेको तपाईलाई थाहा छरु’ भनेर सोधेपछि झाँक्रि अझै आ’वेगमा आएर ‘राजनीति भनेको तपाईलाई थाहा छ त ? तपाईले पनि यो टेलिभिजन विज्ञापन मागेर खानका लागि चलाएको हो, तपाईले सेवा गरेको हो ?’ भन्दै जवाफ फर्काउँछिन्।
‘यतिवटा कम्पनी (विज्ञापान दाताको बोर्ड देखाउँदै) बाट विज्ञापन मागेर खान तपाईले टेलिभिजन चलाएको होईन ?’ भन्दै झाँक्री थप्छिन्–‘तपाईको निजी पे’ट भर्ने कुरा चै समाज सेवा हुने, हामी चै भोको पेट, जनताका सारा कुरा सुनेर, जिन्दगीका सारा मामलामा सम्झौता गरेर आएको राजनीति भनेको चै तिमिहरुका ब्यक्तिगत मामला हो भन्न मिल्छ ?’
‘ब्यक्तिगत स्वार्थका लागि काम गर्छन क्या, देश र जनताको लागि काम गर्ने नेता यो देशमा भएन, धेरैको प्रश्न छ। तपाईले कुन चै देश र जनताको लागि गर्नु भो देखाउनु न पहिला, परिवारका लागि, आफन्तका लागि, नातागोताका लागि काम गर्ने नेता छन्।।।’
भन्दै धमलाले थप प्र’हार गरेपछि ‘तपाईले पनि त तेही गर्नुभाछ। छोराछोरीका लागि। तपाईले पनि त तेही गर्नुभाछ।’ भन्दै झाँक्रीले उत्तर दिएकी छिन्।
‘हाम्रो देशको अवस्था हेर्नोस त रामकुमारी जी, नेताहरु सेवामुखी भएनन् क्या, विलासी जिवन विताए नेताहरुले हेर्नोस त’ भन्दै धमलाले गरेको प्रश्नमा झाँक्रीले ‘विषयान्तर नगर्नोस न। विषयान्तर गरेर होईन। पोल्टिकल विषयमा, विचारधाराको विषयमा गफ गरौं क्या । कम्तीमा यो पाएको प्राईम टाईममा जनतालाई कुन विषयमा एजुकेट गरौं। आज निर्वाचनमा जाऔं।’ भन्दै सुझाव दिएकी छिन्।
त्यसपछि धमलाले ‘एजेन्डामै छलफल गरौंन। जनता आज समस्यामा छन् भनिराखेको छु। तपाईले काम गर्न सक्नु भएन भन्ने मेरो प्रश्न होनी त’ भनेपछि झाँक्रीले भनेकी छिन्–‘तपाईले त्यत्तिकै सक्नु भएन भनेर यहाँ आएर तपाईका अगाडि मैले जम्मै प्रश्नको सकें भने त जवाफ दिन टाईम पनि हुँदैन।’
उनको यो जवाफ पछि धमलाले ‘होईन आज ३० वर्षमा यो देशमा छ नी, के विकास भयो भन्नोस त।’ भन्दै प्रश्न गर्छन। त्यसपछि झाँक्री भने देशमा सवै कुरा भएको र अव गर्न बाँकी नै केही नभएझै गरी प्रश्तुत हुन्छिन्। उनी उल्टै प्रश्न गर्छिन–‘तपाईले के भएन भन्नुभएको भन्नु त। के विकास चाहिएको थियो तपाईलाई त्यो भननु न त। एक, दुई, तीन के विकास चाहिएको थियो ?’
त्यसपछि धमला झाँक्रीको सवालको जवाफ दिदै थप प्रश्न गर्छन। ‘आज हामी देशको कुरा गरौ न, आज सिंगापुर कहाँ पुग्यो ? मलेसिया कहाँ पुग्यो, दक्षिण कोरिया कहाँ पुग्यो ? आज चीनमा ३० वर्षमा कति प्रगति भयो, भारतमा कति प्रगती भयो ? नेपालमा किन विकास भएन ? जनमुखी नेता खै ?’
झाक्रीले त्यसको कमजोरी मिडियामाथि थो’पर्छिन। ‘तपाईले आर्थिक एजेन्डामा छलफल गराउनुभाछ कहिलै ? अनि खाली राजनीतिले भएन भनेर मात्रै हुन्छ? हो, यसरी तपाई विषयगत छलफल गराउनु न।
समग्रमा हेर्दा झाँक्रीले धमलाले वर्तमान समयमा देखिएको वि’कृतीको उजागर गर्दा झाँक्रीले उल्टै काउन्टर गर्नुुले उनी आ’वेगमा आएको पुुष्टि हुन्छ ।

