नागरिक पत्र, काठमाडौँ । दशैँ सकिन लागेपछि जनताको ध्यान बिहीबार काठमाडौँको त्रिभुुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिन लागेका क्रिकेटर सन्दीप लामिछानेतिर सोझिएको छ । उनले असोज २० गते नेपाल आउने घोषणा गरेका छन् ।
एक किशोरीलाई ब’लात्का र गरेको अ’भि’योगमा प्रहरीले प’क्राउ पु’र्जी जारी गरेपछि विदेशमा रहेका लामिछाने सम्पर्कविहीन छन्। यसपछि नेपाल प्रहरीको इन्टरपोल शाखाको प्रस्तावमा इन्टरपोलले लामिछानेलाई पक्राउ गर्न ‘डि’फ्युजन नो टिस’ जारी गरेको थियो।
लामिछानेले सामाजिक सञ्जालमा लेख्दै सो आ’रोप वि’रुद्ध कानूनी ल’डाइँ लड्न नेपाल आउने बताएका छन्। उनले लेखेका छन्‚ ‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदै छु र झू’टो आ’रोप वि’रुद्ध कानूनी ल’डाइँ लड्न नेपाल सरकार समक्ष आ’त्मस मर्पण गर्नेछु।”
लामिछानेले आफू नि’र्दोष रहेको बताउँदै न्याय पाउनेमा पनि विश्वस्त रहेको बताएका छन्। उनले नेपालको न्यायप्रणालीमा विश्वस्त रहेको पनि बताएका छन्।
यद्धपि उनी कुुन देशमा छन् र कति बजे काठमाडौँ आउदैँछन् भन्नेबारे केही खुुल्न नसकेपछि आम जनमानसका लागि चाँसोको बिषय बनेको छ । उनी दुुबईमा रहेको जानकारी नागरिक पत्रले प्राप्त गरेको छ ।

सन्दीप लामिछानेले आईपीएलमा सन् २०१८ मा सबभन्दा पहिले खेलेका थिए। उनलाई तत्कालीन दिल्ली डेअरडेभिल टोली (हाल दिल्ली क्यापिटल्स) ले रोजेको थियो।
सन् २०१९ मा पनि दिल्लीले आफूसँगै राखेका कारण सन्दीपले अक्शनमा जानु परेन। सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण पूर्वनिर्धारित समयमा आईपीएल हुन सकेन। त्यसपछि बिनाअक्शन सेप्टेम्बर-नोभेम्बर महिनामा सो प्रतियोगिता यूएईमा खेलाइयो।
यूएईमा खेलाइएको सो प्रतियोगितामा सन्दीप लामिछानेले एक खेल पनि खेल्न पाएनन्। पूरै आईपीएल २०२० को सीजन उनले अतिरिक्त खेलाडीका रूपमा बेन्चमा बि’ताउनुपरेको थियो।
यसअघि सन् २०१८ मा उनले जम्मा तीन म्याच अनि सन् २०१९ मा छ म्याच खेल्न पाएका थिए। सन् २०१८ मा उनले कुल पाँच विकेट अनि सन् २०१९ मा ८ विकेट लिन सफल भएका थिए।

