नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बिहीबार बिहान १० बजे नेपाल झर्न लागेका छन् । उनले आफू बिहान १० बजे त्रिभुुवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने र प्रहरी समक्ष आ’त्मसम’र्पण गर्ने बताएका छन् ।
उनी कतार एअरवेजको विमान मार्फत नेपाल आउन लागेका हुन् । सन्दीप लामिछानेले कानून व्यवसायीको उपस्थितिमा भोलि आ’त्मसम’र्पण गर्ने, बिना हथ’कडी प्रहरी कार्यालय लैजान अनुरोध गरेका छन् ।
आफूले यसबारे प्रहरी प्रशासनलाई जानकारी गराएको सामाजिक सञ्जालमार्फत सूचित गरेका हुन् । सन्दीपले गौशाला प्रहरीलाई पत्र लेखेर आफू आउन लागेको जानकारी दिएका हुन् ।
विमानस्थलमै आफूले आ’त्मसम’र्पण गर्ने र त्यस क्रममा आफ्ना कानून व्यवसायीको उपस्थितिका लागि अनुमति दिन उनले आग्रह गरेका थिए ।
यस्तै उनले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालय लैजाँदा विना हथकडी लैजान पनि आग्रह गरेका छन् । सन्दीपले आफू नि’र्दोष रहेको र न्याय पाउनेमा विश्वास भएको पनि जनाएका छन् । अनुसन्धानमा सहयोग गर्ने उनले उल्लेख गरेका छन् ।
उनले भने ‘म पुष्टि गर्न चाहन्छु कि म स्वेच्छाले स्वदेश फर्कँदै छु र तपाईँ समक्ष आत्म’समर्पण गर्ने छु ।’ उनले आफूविरु’द्ध लागेको अभि’योगमा हुने अनुसन्धानमा हरेक किसिमले सहयोग गर्ने प्रतिवद्धतासँगै अनुसन्धान निकाय अनि त्यसको निष्पक्षतामा विश्वास व्यक्त गरेका छन् ।
‘मेरो सम’र्पणका बेला मेरो सुरक्षाका हिसाबले म त्यहाँ मेरा कानून व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थितिका लागि स्वीकृति चाहन्छु । मैले श्री घिमिरेलाई यसका लागि अनुरोध गरिसकेको छु’, पत्रमा उनले भनेका छन् ।

